वध
****
सधैँनै गाँस बासको समस्या
भागदौडको जिन्दगी
एकछिन दुःख भुले नयाँ उमङ्ग मिल्छ
जिबा,हजुरबा,छोरा, नाति,पनाति, जनाति
एकै रङमा आज, दशमीको मुहूर्त
यता असुर वधको विजय उल्लास।
युद्ध त गर्नै पर्छ,निधन हुनै पर्छ
वध गर्नु पर्ने अन्तिम कर्म!
नारीको मर्ज्यादा हनन् गर्नेलाई
रतीभर छैन डर
किन मारिन्नन् अहिलेका राक्षस?
बध गर्ने को छ र त्यस्तो सुरो!
सोध्छ खुलाल साइँला
मलाई विज्ञ सम्झि!
यता राक्षस वधको विजय उल्लास।
वर्तमानमा पो जरूरी छ वध
बलात्कार, हत्या,उत्पीडन
मन्त्री वाट प्रहरी सम्म
केही तथ्य प्रमाण भेट्दैनन्
मारिन्नन् दोषी, साक्ष्य दिदैनन कोही
नदेखे नसुने झैं गर्यो ,खतम
मारिदैननन् बलात्कारी,कुकर्मी
यता असुर वधको विजय उल्लास!
काटिन्छन अवोल प्राणी
बोल्ने र पाखण्डी दोषी प्राणी निर्धक्क
मर्ने डर त परै जावोस
उनीहरूपनि रङ्गीन भएर
ठुला बडाका आडमा
निस्फिक्री भएर,छाती फुलाई
सामेल हुन्छन्
असुर वधको विजय उल्लासमा!
आँखा झिमिक्क नपार्ने
मृण्मय तर प्राण प्रतिष्ठित दुर्गाले
किन देख्दिनन त्यो दृश्य?
बध गर्न त परै जावोस
आज मानवरूपी असुर
त्रिशूल पो देखाउँछ
दुर्गालाई।
यता राक्षस वधको विजय उल्लास!
असुर निस्फिक्री!
देवी मौन!
असुर वधको तमाम विजय उल्लास!
धरातलमा।
पुरुषोत्तम उपाध्याय दाहाल
तेजपुर, असम
मिति:विजया दशमी