अन्तरे दाहाल
आत्मा
******
यो
दु ई
शब्दको
उडन्त त्यो
भ्रमर रूपी
अजर ~ अमर
पिन्जरामा बन्द छ!
यो रहेमा हाई हाई!
सबै खुशी साथै आनन्द
पूजा हुन्छ मुर्तीको प्राण नै!
फूर्र उडेर जान्छ जब
नश्वर देह प्रेत रे!
चिरनिद्रा निस्तब्ध
परमात्मामा लौ
विलीन आत्मा
अ वि र ल
अ न न्त
सृ ष्टि
यो।
*