पुरुषोत्तम उपाध्याय दाहाल, बेलतला गुवाहाटी आसाम
तृष्णा
*****
त्यो
तृष्णा
हाबी भै
हामी परौ
चपेटामा लौ!
हामीले मेटेको
हैन है तृष्णा मनु!
न होमिएको नै भला
उस्ले क्वाप्प लपेट्यो हरे!
बत्तीमा कीरा मरेझैँ स्वाप्प!
मृगतृष्णा भएर घुम्ने
काल पनि भोको आज!
लिप्सा,तिर्खा प्यास नै
निमित्त भयो लौ
कस्तो अनौठो
अवि रल
अनन्त
तृष्णा
यो!
भोगा न भुक्ता वयमेव भुक्ता, तपो न तप्तं वयमेव तप्ताः।
कालो न यातो वयमेव यता, तृष्णा न जीर्णा वयमेव जीर्णाः॥