अनौठो सृष्टि रचना

 अनौठो सृष्टि रचना

***************

जोत्दा जोत्दै थाके पनि

बोल्दैन ,लुरु लुरु हिडीदिन्छ ऊ

लौरोको भरमा

आज बारह वर्ष पछि

ऊ थला परेको छ

बुढो गोरु त्यो  आज

खेतको छेउमा 

छाप्रो एउटा बॉस र परालको

पानीको, दानाको भाँड़ो छेवैमा

तर खान असमर्थ।


केही फरक छैन उस्को र हाम्रो जीवनको

हामी खाटमा या अस्पतालमा

कति दिन रोकिन्छ र यो श्वास!

जाने नै हो जब!

मन् परेन है मलाई यो रचना

हे बद्रीविशाल!

बरु सबै प्राणीहरू बोल्ने पारिदिए कसोहोला?

बोलुन सबैले, माँगुन अा आफ्नो हक

सबैको एकनास होस मृत्यु प्रथा

प्राणीले मृत्यु सैय्यामा बोलेको बुझून् मानिसले

हजुरहरूको सृष्टि समन्धित सभा बसेमा

मेरो यो प्रस्ताव राखिदिने

विनम्र अनुरोध गरें।

साष्ट्टङ्ग प्रणाम हे!सृष्टिकर्ता

हे त्रिविक्रम!नारायण हरि!



पुरु

गुवाहाटी

मेडिकल कलेज

२/२०/२१