महजन खबर पठएक नकई दन भय

कुरो 1971 तिर को हो।म त्यो समय गोठ मा बस्ने गर्थेँ।छिमेकि गोठका गोठाला हरूले अ आ क ख अलि अलि सिकेका।म पनि सानै।पढाउने कोई थिएनन।बस अ आ क ख मात्रै अलि अलि जानेका। गोठलाले बोकाखाट मा बस्ने महाजन( मालिक) लाई लेखेको चिठी को आनन्द लिँउ।त्यो चिठी को केहि याद पस्केँ है हजुर।कस्तो लाग्यो जान्न पाँउ लेखेको।

महजन
खबर पठएक नकई दन भय
गई बमर छन खरत लगक छ
सतर कनछ भगय एकलई म
बघ लगछन करल खय बघल
गठम चमल सकय
टरस बटर सकय
नन तल पन सकय
म एकल सकदन
चड आउन

**************
महाजन। (भन्न खोजेको)
खबर पठाएको निकै दिन भयो
गाई बीमार छन खोरयात लागेको छ
सुतार कान्छो भाग्यो एक्लै म
बाघ लाग्छन कोरली खायो बाघले
गोठमा चामल सकियो
टर्च को बैटरी सकियो
नून तेल पनि सकियो
म एक्लै सक्दिन
चाँडै आउनु

पुरु
गुवाहाटी।