तिमी किन आयेउ मेरो नयनमा !

हुरि है चल्यो वदन वदन मा
आयो है भेल उमङ्ग उमङ्ग मा
के भयो खलबली मनै मनै मा
याद ले सतायो रातै दिनै मा
तिमी किन आयेउ मेरो नयनमा !

आँखा को भाखा बुझदैनौ सखा
रुपले के गर्ला मन को हो कथा
चुम्बक नै सरि लौ दुई मेरू घरि
जोड़ियो है नजर खेलै खेलै मा
तिमी किन आयेउ मेरो नयनमा !

जीवन छ छोटो माया को धोको
छक्क नै पर्दो नयन यो भोको
आँखा को तार हृदय त्यो पार
भेटियो तरङ्ग झिमकाई आँखा मा
तिमी किन आयेउ मेरो नयनमा !

पुरुषोत्तम दाहाल
गुवाहाटी
(१९९२ को डायरी वाट)