बुझिदिने मानिस को हुन्छ होला ?

लेख्न त खोज्छु मनको वह
नबुझी अरूले अट्टहास् गर्ला

कवि छन हाम्रा सारै नै राम्रा
पड़ीदिने मनले को हुन्छ होला

तै पनि लेख्छन बिक्दैन पुस्तक
क-कस्ले आज सुनिदिने होला

समय नै छैन लौ अध्ययन गर्न
भाषालाई कस्ले अङ्गाँल्ने होला

तड़पन र रोदन यो मेरो मनको
बुझिदिने मानिस को हुन्छ होला ?

पुरुषोत्तम दहाल
गुवाहाटी।