अन्तरे काका

म कहिले काँहि हाँस्छु गाउँ का नया पिँढी हरु सँग

खुब रमाइलो गर्छु, घुलमिल हुन्छु र भन्छू

आज भन केटा हो मनको कुरा!


उनीहरू रमाउँछन् कुरा गर्छन नया उद्यम को

शिक्षा को,परिवार को,कमाई को अनि

प्रेम को ,मन खोली दिन्छन र आग्रह गर्छन

कसैको के कसैको कोई भनि दिनु पर्ने।

विचौलो होई दिनु पर्ने।


हाँस्दै भतिजा डम्बरु भन्छ, काका हजुर कति नम्बर?

म :अन्तरे भनेको पाँच

उ : किन थुप्रै हजुरहरू?

म :केहि जान्दिन केटा भन अरु

उ फेरि भन्छ - हजुर त ?

मैले भने, के ?

ऊ भन्छ हड्डी हजुरको 

म भन्छू के हड्डी किन? के भो र 

ऊ भन्छ हुन्छ होला औषधी 

म भन्छू ,के को?

ऊ भन्छ कुनै पनि बीमार को 

अबकाले अन्तरे काँहा पाउलान् र?

म :जिउँदो मान्छे को हड्डी कि मरेको 

उ : घ्येत् काका  मरे पछि को एउटा हड्डी नि?

म सोच मा परेँ कलिलो तर जटिल प्रश्न

टोलाई रहें केहि बेर र याद आयो त्यो

स्यानो हुँदा गाउँमा आएको "পৰিয়াল পৰিকল্পনা"

लेखेको मटर गाडी ले धूलो बाटो मा पर्चा फ्याँकेको

बाबु आमा र छोरा छोरी को फोटो भएको

टिपेर रमाइलो गर्दै दौड़ेको हामी

म अनि मेरा साथीहरु याद आए।

होत अहिले अन्तरे हुनु त दधीचि पो

ठान्दा रहेछन नानीहरू।

कत्ति बलवान यो समय ?


पुरुषोत्तम दाहाल

बेलतला, गुवाहाटी

11/6/2021