तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा

 तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा

*************************************


तरुण भयो आमको वोट फुलै फुलो रुखमा

तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।

खेत जाँदा मेलापात फर्की हेर्ने बानी

उमेर भयो यौवन चढ्यो सोच साइँली नानी

किटान दिई भन्छू म त राख्न सक्छु सुखमा

तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।


बर्खा लाग्यो झरी पर्यो जानु पर्ने खेतमा

रोपाई चल्छ दिनैभरि खेताला छन् साथमा

हिलैहिलो शरीरमा छैनन् कोई दुःखमा 

तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।


भेट हुँदा कहिले काँही मुस्काई दिने बानी

मक्ख परेँ साँईली मँत छैनौंउ अब सानी

घरजम गर्ने विचार आयो राख्न सक्छु सुखमा

तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।


(वि:द्र: यो के लहरी हो मलाई थाहा भएन। म गोठमा हुँदा 

कान्छा गोदार बा ले यो लय को प्रेम लहरी आफैँ कथेर

गाउनु हुन्थ्यो।यो" प्रेम लहरी" "मदन लहरी" हो केटाहो भन्नु हुन्थ्यो,पुस्तक पनि थियो सानो तर हामीलाई हेर्न दिनु हुन्थेन। लय सुन्दर हुन्थ्यो।केहि त्यस्तै लय याद आयो र पस्किन प्रयास गरें।विज्ञहरुवाट यसबारे केही जानकारी को आग्रह राँखे।वहाँको लहरी मा हामीले केही शब्दहरू लक्षण रेखा नाँघेको पनि अनुभव गर्थ्यौं।)


पुरुषोत्तम उपाध्याय दाहाल

बेलतला

गुवाहाटी

26/6/21