बिर्खे भाग्यो कि रुन्ची भागि!

श्रीकृष्ण ले रुक्मिणी लिएर गए
तर जनता भन्छन रुक्मिणी भागिन
शिव ले पार्वती लिएर हिंडे
तर जनता भन्छन पार्वती भागिन
विष्णु ले लक्ष्मी लिएर गए
तर जनता भन्छन लक्ष्मी भागिन्
बिचित्र छ दुनिया ,विभिन्न छ मत
बिर्खे भन्छ रुन्ची लाई-----
म दुःख दिन्न ,सुख मा राख्छु
माइत मा दुःख छ तिम्रो
छोरी को जात जानु नै पर्छ
आउ म सँग विताउँ जिन्दगी
रुन्ची ले ठानि छेवैको केटो , पुष्ट राम्रो
लाहुरे को छोरो ,गहुँ गोरो
हल्ला भयो गाउँमा
रुन्ची भागि!
कस्ले भगायो? को भाग्यो ?
बिर्खे भाग्यो कि रुन्ची भागि ?
आखिर दुवैले नै त घर छोडे।

पुरुषोत्तम दहाल
गुवाहाटी।