चुलै निम्तो

 चुलै निम्तो

**********

रुढी आए बाटनै बदलियो

निम्तो र  निम्तारुका तरिका 

आउँदैनन् कोही कोरोनाको डरले

सूचना नै पो गर्न गार्हो

सबै कार्यक्रम सांकेतिक!


बोलाउन त के खबरै पनि दिनु डर

उहिले निर्क्योल हुन्थ्यो कसरी बोलाए भनेर

कसार बटार्नेको निम्तो कि बिहे को?

मख्ख  परेर अभिमानले भन्ने गर्थे

हाम्रो त" चुलै निम्तो"  !

अब बिस्तारै डाँडा पारी ओरालो लागे जस्तो छ

त्यो " चुलै निम्तो " हृदय भरिको निमन्त्रण।


पुरुषोत्तम उपाध्याय

बेलतला

गुवाहाटी

१४/६/२१