धुरुधुरु रुन्छ मेरो कविता
दुलाल साइँली मेला गईन याद छिनछिनमा।
बर्खा लाग्यो खोला बड्यो असारैको दिनमा
दुलाल साइँली मेला गईन याद छिनछिनमा
चाम्रे भातको खाजा अनि गुनरुकको अचार
मैले मनमा बसाई सँके के छ तिम्रो विचार
मन मिले सबै हुन्छ हिजो आज दिनमा
दुलाल साइँली मेला गईन याद छिनछिनमा ।
रातो रिबन नीलो जामा किनि दिने मन छ
भन्नु पर्यो साइँली नानी यसले केहि दिन्छ
ढिकी चल्छ चिउरा निम्ति मुङ्गिरको दिनमा
दुलाल साइँली मेला गईन याद छिनछिनमा।
निकै दिन भो छैन खबर कता हौली अहिले
यस्तरी त गार्हो हुन्छ के गर्नु र लौ मईले
यस्तो चुरा लगाऊ साइँली खन्क्योस रात दिनमा
दुलाल साइँली मेला मेला गईन याद छिनछिनमा।
लाली पाउदर किनि दिउँला बजारैमा जाउँला
तिमी आउनु सुटुक्क लौ ललिपप नै खाउँला
ढुङ्ग्रो बज्यो मोई पार्दा वैशाखको दिनमा
दुलाल साइँली मेला गईन याद छिनछिनमा।
अस्ति खबर पठाई रथेँ पायौ होला तिमीले
दुःख सुख बाँडि लिउँला" ल" भनन् अहिले
गुन्द्री बुन्छौ आगनैंमा माघ को त्यो दिनमा
दुलाल साइँली मेला मेला गईन याद छिनछिनमा।
चोखो मन यो खोजी हिँड्छ माया को त्यो भाखा
दिन रात खोजी हिँड्छ मेरा ई दुई आँखा
पाखुरा छन् दरो मेरो पार्ने छुइँन ऋणमा
दुलाल साइँली मेला गईन याद छिनछिनमा।
पुरुषोत्तम उपाध्याय दाहाल
बेलतोला
गुवाहाटी खन्क्योस
26/6/21
वि:द्र: यो के लहरी हो मलाई थाहा भएन। म गोठमा हुँदा
कान्छा गोदार बा ले यो लय को प्रेम लहरी आफैँ कथेर
गाउनु हुन्थ्यो।यो" प्रेम लहरी" "मदन लहरी" हो केटाहो भन्नु हुन्थ्यो,पुस्तक पनि थियो सानो तर हामीलाई हेर्न दिनु हुन्थेन। लय सुन्दर हुन्थ्यो।केहि त्यस्तै लय याद आयो र पस्किन प्रयास गरेँ।विज्ञजन हरुवाट यसबारे केही जानकारी को आग्रह राँखे।वहाँको लहरी मा हामीले केही शब्दहरू लक्षण रेखा नाँघेको पनि अनुभव गर्थ्यौं।कतिपय सुनेका शब्दहरू पनि प्रयोग गरिएको छ।भूल भए क्षमा प्रार्थी।
तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा
तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा
*************************************
तरुण भयो आमको वोट फुलै फुलो रुखमा
तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।
खेत जाँदा मेलापात फर्की हेर्ने बानी
उमेर भयो यौवन चढ्यो सोच साइँली नानी
किटान दिई भन्छू म त राख्न सक्छु सुखमा
तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।
बर्खा लाग्यो झरी पर्यो जानु पर्ने खेतमा
रोपाई चल्छ दिनैभरि खेताला छन् साथमा
हिलैहिलो शरीरमा छैनन् कोई दुःखमा
तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।
भेट हुँदा कहिले काँही मुस्काई दिने बानी
मक्ख परेँ साँईली मँत छैनौंउ अब सानी
घरजम गर्ने विचार आयो राख्न सक्छु सुखमा
तरुनी भईन दुलाल साँईली डन्डिफोर छ मुखमा।
(वि:द्र: यो के लहरी हो मलाई थाहा भएन। म गोठमा हुँदा
कान्छा गोदार बा ले यो लय को प्रेम लहरी आफैँ कथेर
गाउनु हुन्थ्यो।यो" प्रेम लहरी" "मदन लहरी" हो केटाहो भन्नु हुन्थ्यो,पुस्तक पनि थियो सानो तर हामीलाई हेर्न दिनु हुन्थेन। लय सुन्दर हुन्थ्यो।केहि त्यस्तै लय याद आयो र पस्किन प्रयास गरें।विज्ञहरुवाट यसबारे केही जानकारी को आग्रह राँखे।वहाँको लहरी मा हामीले केही शब्दहरू लक्षण रेखा नाँघेको पनि अनुभव गर्थ्यौं।)
पुरुषोत्तम उपाध्याय दाहाल
बेलतला
गुवाहाटी
26/6/21
धुरु धुरु रुन्छ मेरो कविता ।
श्रीमानको कोरोनाले ज्यान गयो
उनी सानो छोरो लिएर चण्डीगढ वाट बौलाहा झैँ भई
आइन् गुवाहाटी ज्यान जोगाएर
केही छैन साथमा, बैंक एकाउन्ट श्रीमानको
देखाईन् मलाई रुँदै,गुहारिन् गोडा छोएर
भनिन "म बेखर्ची भएँ" हजुर
उनीको खाताको रकम चाहियो मलाई
उनीको वेदना सुनेर धुरुधुरु रोयो मेरो कविता।
गुवाहाटी का युवा प्राध्यापक , नम्र र ज्ञानी
गृहऋण लिने तर्खरमा मेधी सर
सबै कागजी कामहरू भए
आज एउटी महिला आएर भनिन
म मेधी सरको श्रीमती
वहाँ खस्नु भयो कोरोनामा
सोधिन् नमिनी को छ होला उनीको खाता मा
उनीको वेदना सुनेर मुटु चिरि रोयो मेरो कविता।
उनी रिटायर्ड राजपत्रित अधिकारी
श्रीमानको उहिले स्वर्गवास भएको
मसँग सारै घनिष्ठ र मन मिल्ने
सानो छोरो सताइस वर्ष को
जी इन आर सी मा कोरोना मा प्राण गयो
ठूलो छोरो दुई मैना भयो हस्पिटल मा कोरोना ले
फोन गरेर गुहारिन् उनीको रकम निकालेर-
पुर्याई दिनु पर्ने घरसम्म
अहोभाग्य ठानेँ आफैंलाई काम गरेर
उनीको वेदना सुनेर लुप्त भयो मेरो कविता।
श्रीमान कोरोना मा सिकिस्त आई सी ईउ मा
श्रीमती पनि सन्तान प्राप्ति को निम्ति हस्पिटल मा
हाहाकार छ वातावरण,गुहारिन् मलाई
"वृद्ध आमा र सानो नाति बैंक मा जान्छन्
मेरो खाता वाट रकम निकालेर दिए म
जीवनभर ऋणी " भनि फोन गरिन्
सम्पूर्ण चिहान झै भयो मेरो कविता।
न कथा को अन्त , न व्यथा को
जीवन ले रङ्ग फेर्छ प्रतिदिन
कहिलेकहीँ त बौलाहा हुन्छ मन
हेर्न सक्दैन तमाम दुःख र वेदनाहरु
ठाउँ नै छैन दुःख बिसाउने
मेरो कविता चित्कार गर्छ सपनीमा
उकुसमुकुस भएर हिजोआज
धुरु धुरु रुन्छ मेरो कविता ।
पुरुषोत्तम उपाध्याय दाहाल
गुवाहाटी
24/6/21
हन्बेर्नो
मासु को झोल भकभकी उम्लिएको
कराई पनि कालो अनि तातो
हतार हतार निकाल्नु पर्ने चुलोबाट
नयाँ दुलही तिमी ,युगल जीवनको सुरुवात
यता उता हेरेर मलाई खोज्यौ
तिमीलाई मैले तातो ले डाम्न बचाएँ
मेहदी लगाएको हत्केला कति मुलायम।
अस्ति त ओलन नै पोखियो तातो ले
हतार हतार मलाई खोजेर पुस्नु पर्यो
निकै दिन पछि मेरो याद आयो र धोयेउ पनि
मैले पोखिएको सबै ओलन सुकाएँ
तिमीलाई मैले केहि त सुरक्षा त अवश्य गरें
मेहदी लगाएको हत्केला कति मुलायम।
तिम्रा ति मुलायम हत्केला पोल्न दिईन
हात स्पर्श गर्ने प्रेमीले जानेनन् ति कुराहरु
भनेनौ तिमीले, सम्पूर्ण भुलेऊ मलाइ
मुलायम हात को तारिफ गरे होला उनीले ,
तर मेरो यो सुचारु कार्य को उल्लेख छैन् कहिँ
मेरो त याद नै पो आएन कि कसो?
मेहदी लगाएको हत्केला कति मुलायम।
म च्यातिएर धुजा धुजा भएँ
अनि फ्याँकि दियेउ मलाई
बारीको पल्लापटि को खाडलमा
झुम्रो नामाकरण भयो मेरो
तिमी मुलायम को मुलायम तर म पो फ्याँकिये
अर्को हन्बेर्नो आयो होला फेरि
तारिफ गरे होला फेरि प्रेमीले
म फगत भएको छु खाडल मा
मेहदी लगाएको हत्केला कति मुलायम।
कुनै दिन अवस्य डाम्ला नि तिमीलाई ?
फोको उठ्ला नि दुवै हातमा
चिसो पानी ले हराउदैनन डामहरु
चुला त सम्भालनै पर्यो कि कसो?
उनीले सुमसुमाउदैनन् होला तिम्रो हात
डामेको र पोलेको हुनाले , बस्ला नि खत
तिम्रो दुःख बुझ्ने फगत म नै होला सायद
याद आउँछ होला सायद मेरो ।
मेहदी लगाएको हत्केला कति मुलायम।
पुरुषोत्तम उपाध्याय दाहाल
तेज़पुर
18/6/21
गुलेली
( यो चित्र रचनात्मक / सांकेतिक मात्र हो। प्राणी हत्या प्रोत्साहन गर्न खोजिएको हैन। )
प्रभु को गुलेली तैयार छ साथी
मटेङ्गग्रा पनि निकै होलान है माथि
कहिले आउने हो या लाग्ने हो प्वाक्कै
थाहा छैन कसैलाई , लाग्ला है ट्वाकै
लेखौँ अविरल, पस्किउँ तातो तातो
रहने छ यहिमात्र जीवनको साटो !
गुलेली अनेकौं प्रकार को छन् रे
घाइते ,अधमरो , पिण्डरोग र ठहरै
कस्को कुन दिन ,कतिबेर हो जाने
एकैछिन को मेला कस्ले भनिदिने
लेखौँ अविरल, पस्किउँ तातो तातो।
रहने छ यहिमात्र जीवन को साटो।
सानोमा हामीले खेलौं गुलेली
मार्यौ होला ढुकुर भँगेरा जुरेली
एक मटेङ्ग्रो एक शिकार हुन्थ्यो
अब उस्को पालो, थापौ लौ मुन्टो
लेखौँ अविरल, पस्किउँ तातो तातो।
रहने छ यहिमात्र जीवन को साटो।
हाम्रो गुलेली थिएँन त्यो दरो
फुत्किए निकै उडेर आकाशमा चरो
उनिका गुलेली सारै नै पक्का
फुत्किन्नन कोई लाग्ने छ छक्का
लेखौँ अविरल, पस्किउँ तातो तातो।
रहने छ यहिमात्र जीवन को साटो।
यो के लेख्छ निकै को हुँ भन्छ
मानिसले यस्तै ठट्टा पो गर्छ
भन्नेले भन्छ लेख्ने ले लेख्छ
अनन्त आनन्द पढ्ने ले भेट्छ।
लेखौँ अविरल, पस्किउँ तातो तातो।
रहने छ यहिमात्र जीवन को साटो।
पुरुषोत्तम उपाध्याय
बेलतला
गुवाहाटी।
15/6/21
चुलै निम्तो
चुलै निम्तो
**********
रुढी आए बाटनै बदलियो
निम्तो र निम्तारुका तरिका
आउँदैनन् कोही कोरोनाको डरले
सूचना नै पो गर्न गार्हो
सबै कार्यक्रम सांकेतिक!
बोलाउन त के खबरै पनि दिनु डर
उहिले निर्क्योल हुन्थ्यो कसरी बोलाए भनेर
कसार बटार्नेको निम्तो कि बिहे को?
मख्ख परेर अभिमानले भन्ने गर्थे
हाम्रो त" चुलै निम्तो" !
अब बिस्तारै डाँडा पारी ओरालो लागे जस्तो छ
त्यो " चुलै निम्तो " हृदय भरिको निमन्त्रण।
पुरुषोत्तम उपाध्याय
बेलतला
गुवाहाटी
१४/६/२१
के नाम दिनु त्यो अनौठो प्रेम लाई
के नाम दिनु त्यो अनौठो प्रेमलाई
***************************
केटो र केटी को अगाध प्रेम
केटो अस्ट्रेलियामा केटी लण्डनमा
केटो जागिरे केटी विद्यार्थि।
केटो छुट्टीमा आए पछि केटीलाई
चार लाख पैसा पठाउने आग्रह गर्यो लण्डनमा
गरि दिएँ मैले काम, उ मेरो प्यारो बन्यो
कहिले काँही आउँदा खाने कोसेली लिएर आउँने
सुनायो प्रेम कथा,लग्यो उस्को घरमा
चिनायो परिवार लाई, "इनानु मेनेजर साहब "भन्यो।
केटो पुनर काममा गयो अष्ट्रेलिया
मलाई फोन गरि रहने,अब आउने उ अमृतसर
केटी पनि आउने र विवाह सम्पन्न हुने।
आए दुवै , म सँग भेट पनि गरायो
विवाहको दिन पनि तय भयो
राम्री केटी ,घर दुवैको लगभग पाँच कोस दूरीमा
रकम छ खातामा र पनि नपुग्ला कि भनेर
उसले केही ऋणको आग्रह गर्यो, हुन्छ भने मैले।
दैवको मार केटो मोटर साइकिल वाट लड्यो
घाइते भयो, टाउकोमा खाल्डो पर्यो
होस हरायो केहि दिन,फिलाको मासु लगाए पनि
खाल्डो भरिएन टाउको को,देख्दै नचिन्ने
लगभग दुई मैना पछि उ ठीक भयो
म हेर्न गएँ, रोयो उ धुरु धुरू , शन्तना दिएँ मैले।
उसको कुरा सुनेर म जिरिङ्ग भएँ
भन्यो केटी पक्षले विवाह रद्द गरे
केटी कुरै गर्दिन , केहि योगसुत्र छैन्
उस्ले पुनर भन्यो "मेनेजर साहब उस्ले बिहे नगरोस
तर मैले उनिको पढाईमा गरेको आठ लाख मा
आधा त फिर्ता गरून्,मलाई गएर भनिदिने आग्रह गर्यो ।
मैले प्रभू पुकारेँ, एकछिन अत्तालिएँ ,हुन्छ भने
भोलिपल्ट मेरो एउटा शाखाकै मित्र अत्रि लाई लिएँ
सुरो म सानै देखि,नडराउने सत्य कर्ममा।
गएँ केटी को घर।
केटीपक्ष संस्कारी रहेनछन, केटीलाई भेट्ने आग्रह गरौ
आइनन उनी,बाबु- आमा ,काका -काकी ले त
केटोले पैसा खर्च गरेको हामीलाई थाहानै छैन भने
मैले तथानाम फलाँके किनकि म साक्षी थिएँ,
हामी फर्केर आयौँ,राति निद्रा लागेन,प्रभू मिथ्या ठानेँ ।
निको भएपछि केटो म सँग आएर रुने गर्थ्यो ।
फेरि अष्ट्रेलिया गएर काम गर्ने विचार
एकदिन बिदा लिएर" सर म भोलि जाँदैछु अष्ट्रेलिया
आशीर्वाद दिनु" भन्दै आयो,आयुष्मान भव भने ।
के आचम्ब दुई दिन पछि केटो टुप्लुक्क अफिसमा!
म छक्क परेँ,उसले भन्यो, "सर टाउको खाल्डो भएको
हुनाले एयरपोर्टमा पासपोर्टको फोटो मिलान भएन"
तँ यो मान्छे हुँदै होईनस पो भन्यो रे ।
भाग्य, प्रेम ,लक्ष्मी र मानवता ले लछेरिएको
मान्छे को दुःख यो के देख्नु पर्यो परदेश मा हाई!
के नाम दिनु त्यो झुठो प्रेम लाई ?
मन मनै ठाँने
ब्रह्म सत्य है, जगत मिथ्या "
पुरुषोत्तम दाहाल
बेलतला
गुवाहाटी
13/6/21
( घटेको को देखेको सत्य घटना को साक्ष विवरण)
নিগনি
নিগনি
*******
মোৰ অমৃৎসৰৰ চাকৰি কালত মই জীৱ-জন্তুৰ মৰম কেনেকৈ কৰিব লাগে সিকিলোঁ।পৰীক্ষাৰ সময়ত স্কুলীয় লৰা ছোৱালীয়ে পার্কত আহি মগু আদি কিনি পাৰ চৰাইক দি মূহুৰ্ত শুভ কৰে।
মই থকা ঘৰত এটা নিগনিৰ খুব উৎপাত।মালিকক কলোঁ।তেখেত মোৰ বেংকৰ সহকৰ্মী।বৰ মৰমিয়াল।তেখেতে এদিন এটি পিঞ্জাৰা কিনি আনিলে।পাছদিনা নিগনি পিঞ্জৰাত বন্দী হল।ৰাতিপুৱা ভাবিলোঁ ইয়াক মাৰিম ঝাড়ুৰে।আমি সৰুতে ঘৰত নিগনি দেখিলেই হুৱা-দুৱা কৰি সমস্ত পৰিয়াল আৰু ঘৰৰ কুকুৰ মিলি নিগনি মৰা অভিযানত নামি পাৰি চিলোঁ। হাই উৰুমি দেখি গাঁৱৰ মানুহেও আহি সহায় কৰিছিল।নিগনি বধ কাম সম্পূৰ্ণ কৰিহে এৰিছিলোঁ।
ঘৰৰ মালিক আহি পিঞ্জৰা টো লৌ মোক বলক বুলি কলে।মই পিছে পিছে।ভাবিলোঁ কৰবাত নি ৰাম কোবন দিব।কিন্তু পার্কত লৈ গল আৰু জংঘলত এৰি দিলে।মোৰ দুদিন টোপনি নাহিল নিগনি টো মাৰিব নোপোৱাৰ বাবে।আৰু বহুত সুন্দৰ সুন্দৰ অভিজ্ঞতা আছে।
তাত জীৱ জন্তু ,চৰাই আদি মৰাৰ কথা টো ভাবিবও নোৱাৰি।ৰাস্তাৰ কুকুৰক পাৰ্কত নি থৈ সেৱা শুশ্ৰূষা কৰা হয়। মানুহবিলাকে গৈ কুকুৰক খাদ্য দিয়ে আৰু সিহঁতৰ লগত খেলি আনন্দ অনুভৱ কৰে।
জীৱন দান দি আৰু জীৱ জন্তুৰ শুশ্ৰূষা কৰি পোৱা অনন্দই বেলেগ।
পুৰুষোত্তম উপাধ্যায়
গুৱাহাটী
धर्मपत्नी
अन्तरे काका
म कहिले काँहि हाँस्छु गाउँ का नया पिँढी हरु सँग
खुब रमाइलो गर्छु, घुलमिल हुन्छु र भन्छू
आज भन केटा हो मनको कुरा!
उनीहरू रमाउँछन् कुरा गर्छन नया उद्यम को
शिक्षा को,परिवार को,कमाई को अनि
प्रेम को ,मन खोली दिन्छन र आग्रह गर्छन
कसैको के कसैको कोई भनि दिनु पर्ने।
विचौलो होई दिनु पर्ने।
हाँस्दै भतिजा डम्बरु भन्छ, काका हजुर कति नम्बर?
म :अन्तरे भनेको पाँच
उ : किन थुप्रै हजुरहरू?
म :केहि जान्दिन केटा भन अरु
उ फेरि भन्छ - हजुर त ?
मैले भने, के ?
ऊ भन्छ हड्डी हजुरको
म भन्छू के हड्डी किन? के भो र
ऊ भन्छ हुन्छ होला औषधी
म भन्छू ,के को?
ऊ भन्छ कुनै पनि बीमार को
अबकाले अन्तरे काँहा पाउलान् र?
म :जिउँदो मान्छे को हड्डी कि मरेको
उ : घ्येत् काका मरे पछि को एउटा हड्डी नि?
म सोच मा परेँ कलिलो तर जटिल प्रश्न
टोलाई रहें केहि बेर र याद आयो त्यो
स्यानो हुँदा गाउँमा आएको "পৰিয়াল পৰিকল্পনা"
लेखेको मटर गाडी ले धूलो बाटो मा पर्चा फ्याँकेको
बाबु आमा र छोरा छोरी को फोटो भएको
टिपेर रमाइलो गर्दै दौड़ेको हामी
म अनि मेरा साथीहरु याद आए।
होत अहिले अन्तरे हुनु त दधीचि पो
ठान्दा रहेछन नानीहरू।
कत्ति बलवान यो समय ?
पुरुषोत्तम दाहाल
बेलतला, गुवाहाटी
11/6/2021
गोठ बस्ने पर्सु दाई को बीमार को वर्णन
अनि झुसुले डकार र हाई आयो
भूँडी हुडॅललिने, बाँउडिने, वाक्क वाक्क हुने
आँखा घुरमैलो देखिने र रिंगटा चल्ने
तुरुक्क तुरुक्क पीसाब आउने
भतभती पीसाब पोल्ने
धर्नासो दुख्ने र जिउ जिरिङ्ग हुने
डँढालनो को पछि व्याङ्गे ले टोके जस्तो हुने
चिरिक्क चिरिक्क गर्ने !
बेलुकि हनहनी ज्वरो ऑउने
जिउ रननन्र रन्किने,फ्यातुलो हुने
खान मन न लाग्ने, नासो पो पर्यो कि क्या हो ?
तालु मा टक्क टक्क आवाज हुने
गिदी भित्र पनि टुँ टुँ आवाज हुने
ह्याकुलो र गोलीगाँठो सारै दुख्ने
करकरी खाने
मुटु पनि ढुक् ढुक् गर्ने
हिजो गोठ वाट उपचार को निम्ति धर आएको
धाँमी कान्छा ले लागो को फुकफाक गरे पछि मत्तै
अस्पताल जाने रे
पर्सु दाई को लक्षण कोविद त हैन पक्का,
के हुन सक्ला प्रभू सुझाव पाँउ!
पुरु
बेलतला
गुवाहाटी
बिर्खे भाग्यो कि रुन्ची भागि!
तर जनता भन्छन रुक्मिणी भागिन
शिव ले पार्वती लिएर हिंडे
तर जनता भन्छन पार्वती भागिन
विष्णु ले लक्ष्मी लिएर गए
तर जनता भन्छन लक्ष्मी भागिन्
बिचित्र छ दुनिया ,विभिन्न छ मत
बिर्खे भन्छ रुन्ची लाई-----
म दुःख दिन्न ,सुख मा राख्छु
माइत मा दुःख छ तिम्रो
छोरी को जात जानु नै पर्छ
आउ म सँग विताउँ जिन्दगी
रुन्ची ले ठानि छेवैको केटो , पुष्ट राम्रो
लाहुरे को छोरो ,गहुँ गोरो
हल्ला भयो गाउँमा
रुन्ची भागि!
कस्ले भगायो? को भाग्यो ?
बिर्खे भाग्यो कि रुन्ची भागि ?
आखिर दुवैले नै त घर छोडे।
पुरुषोत्तम दहाल
गुवाहाटी।
तिमी किन आयेउ मेरो नयनमा !
आयो है भेल उमङ्ग उमङ्ग मा
के भयो खलबली मनै मनै मा
याद ले सतायो रातै दिनै मा
तिमी किन आयेउ मेरो नयनमा !
आँखा को भाखा बुझदैनौ सखा
रुपले के गर्ला मन को हो कथा
चुम्बक नै सरि लौ दुई मेरू घरि
जोड़ियो है नजर खेलै खेलै मा
तिमी किन आयेउ मेरो नयनमा !
जीवन छ छोटो माया को धोको
छक्क नै पर्दो नयन यो भोको
आँखा को तार हृदय त्यो पार
भेटियो तरङ्ग झिमकाई आँखा मा
तिमी किन आयेउ मेरो नयनमा !
पुरुषोत्तम दाहाल
गुवाहाटी
(१९९२ को डायरी वाट)
कवि र कविता अब्यक्त कथा
तिमिहरु शब्द को छारो हालेर
नबुझ्ने लय मा शब्द कोरेर केहि
कवि हुँ भन्छौ, निकै का छौ
पुस्तक छपाउँछौ दरो मोलमा बेच्न आँउछौ,
विमोचन गर्छौ ,मन्त्री र जनता बोलाउँछौ
पुरस्कार पाए जस्तो गर्छौ र धाक जमाउँछौ।
म बोलिन सुनि रहेँ केहिबेर ,उस्को आँखा मा हेरें
मातेको थिएन उ, फेरि प्यारो मित्र उ
फेरि भन्यो-पैसा त निकै कमाउँछौ होला
कवि जी राधे राधे अब फेरि अर्को पुस्तक को
तरखर् मा न होलास, ? असह्य भयो मलाई
मैले भने--
हो ठिक भनिस सजिलो छ भारी बोक्न
हलो जोत्न, दाम्लो बाट्न, खेती गर्ने
गाई पाल्न,गोबर सोर्न,गफ गर्ने,हाँक लडाउँन
लेखेर देखा न त केहि कविता?
यो एकाग्रता र ध्यान को उपज हो
सकदैनस तँ शब्दहरु को माला बनाएर बेच्न।
तँ बुढो हुन्छस, हामी हुन्नौ ,हामी त परिपक्क पो हुन्छौ
त्ँ मक्काउँछस हामी मक्काउँदैनौ
तँ शरीर मा छस हामी प्राण मा छौ
तँ शब्द ब्रह्म मा हामी नाद ब्रह्म मा
तँ मित्था मा हामी सत्य मा
तँ सुप्त मा हामी जाग्रत मा
तँ लिने मा हामी दिने मा
तँ त मात्रै धरती मा हामी आकाश,बायु जल र थल मा
यो शब्द तरंग को झंकार हाम्रो स्पन्दन
हाम्रो प्राणबायु,येसैमा हामी रमाउँछौ
येसैले हामी जोडिन्छौ मस्त रहन्छौ
तँ धरती मा नै बस ठट्टा नगर
कवि र कविता अब्यक्त अबिरल अबिनाशी ।
उ केहि नबोली गोठतिर गयो
म धरतिर फर्कियेँ
मेरो कविता हरायो केहिबेर।
पुरुषोत्तम दहाल
गुवाहाटी।
5/6/21
बुझिदिने मानिस को हुन्छ होला ?
नबुझी अरूले अट्टहास् गर्ला
कवि छन हाम्रा सारै नै राम्रा
पड़ीदिने मनले को हुन्छ होला
तै पनि लेख्छन बिक्दैन पुस्तक
क-कस्ले आज सुनिदिने होला
समय नै छैन लौ अध्ययन गर्न
भाषालाई कस्ले अङ्गाँल्ने होला
तड़पन र रोदन यो मेरो मनको
बुझिदिने मानिस को हुन्छ होला ?
पुरुषोत्तम दहाल
गुवाहाटी।
The Uriam tree of our garden
Grandfather and father planted together,
Uriam tree near Nalinad,
May be Asi's dream has passed.
Even in this old age, he is a witness.
My mind keeps dying, without seeing the old skin.
One day my mother told me to cut the tree,
There is no farming in Baridora for the shadow of Bulo.
Father forbidden us to be ′′ Khabardar ′′
The tree planted by my father and I together.
′′ Respect my father and my thinker
Don't hit son ′′!
Nowadays people don't know this three-torpia
Feelings and their wounds.
That day my son called and said,
Papa, should I cut the tree and sell the khoriro?
Mid-day chef at school?
After the death of mother, father and grandfather
This is the penniless tree we are from Newcham
Maybe I won't be able to save.
Purushottam Upadhyaya
Beltola, Guwahati
महजन खबर पठएक नकई दन भय
महजन
खबर पठएक नकई दन भय
गई बमर छन खरत लगक छ
सतर कनछ भगय एकलई म
बघ लगछन करल खय बघल
गठम चमल सकय
टरस बटर सकय
नन तल पन सकय
म एकल सकदन
चड आउन
**************
महाजन। (भन्न खोजेको)
खबर पठाएको निकै दिन भयो
गाई बीमार छन खोरयात लागेको छ
सुतार कान्छो भाग्यो एक्लै म
बाघ लाग्छन कोरली खायो बाघले
गोठमा चामल सकियो
टर्च को बैटरी सकियो
नून तेल पनि सकियो
म एक्लै सक्दिन
चाँडै आउनु
पुरु
गुवाहाटी।