त्यो समय थियो हामी कलेज मा हुँदा ,,दँशैको छुट्टी आमा बाबु को आशिर्बाद
कहीले पुग्ने घर ।।।।
आज घर हरु खालि
न आमा न बाबु ,
कत्ति सतायेको याद्ले
न आमा लाई किन्नुपर्ने छ साड़ी ,न बाबु लाई धोती ,
कत्ति सतायेको याद्ले ।।
कसलाई देखाउनु मेरो पौरख आज ?
कस्ले जोख्ने अब ,बाबु गरीब मार्ने काम नगरेस है भनेर बुवा ले भनेको कथन को नाप ।।।
कहाँ बागाँउ यी मनका बहहरु ।।।
दसैं त आयो ,तर
यी कुत्कुतियाउने सवाल हरुले अनिद्रा म पार्ने गर्छ ।
लौ यस्तै दँशै आयो अनि गयो है ।। शुभकामना सबैलाई
त्यससमय कैमेरा हुन्त्यो भनि?
त्यससमय कैमेरा हुन्त्यो भनि
खीँचने थिएँ होला आमा को तरुनी र
बाबू को बैँश को जुँगा भएको तरुण फ़ोटो,
छ छ जाना दाजु भाई र एउटी दीदी को
आधा आधा लुगा लगाएको जमाना को ग्रुप फ़ोटो,अनि बा ले रोपेर विहे गरेको वर-पीपल संग हजुरबा को फ़ोटो सपरिवार।
त्यससमय कैमेरा हुन्त्यो भनि,
लिने थिँए होला कान्छी गाई को फ़ोटो
जसको दुधले हामि हुरकीउ र ओलन खान्थिँउ,
लिँडे कुकुर को फ़ोटो त मेरो प्रोफाईल मा हुन्त्यो पक्कै पनि ,जसले प्रहरी जस्तै 24x7 गर्थ्यों,माँग्नेलाई र बाख्रालाई टोकेर हैरान पारेत्यो,छैन फ़ोटो,थिएन कैमरा,प्यारो थियो आमाको उ ,आमा र उसको क्लिक हुन्त्यो भनि, क्लासिक हुन्त्यो त्यो फ़ोटो !
त्यससमय कैमेरा हुन्त्यो भनि,
खीचने थिएँ होला आमा ले खाडल मा गुंरूक
खाँदन लगाएको, थुपरै सिन्की-गुंरुक,गुंन्द्री मा राखि घाममा सुकएको आलुबारिमा र आँगन मा,तमाम हुन्त्यो होला त्यो फ़ोटो,
टा्टनामा भएका लइना बाछा र बाछी संग को मेरो क्लिक त पक्कै पनि सबैले लाइक गर्ने थिए होला।
त्यससमय कैमेरा हुन्त्यो भनि,
मेरो टाउको को ढाडी,चमकना, लिखा, समेत
लुतो र जुका परेर भूँन्टे भएको भूँडी खिंचने थिए कसैले,अहिले रमाउने थिए नानिहरु,
कत्त्ति रमाइलो हुन्त्यो त्यो क्लिक,अहिले ?
बल्लछी मारेर शोल माछा तानेको फ़ोटो त सायद
हिट मार्ने थियो होला अहिले, थिएन कैमेरा मसँग।
टुन्न भएर आउनु भएको गोले बा को तस्वीर र
धोकेर चिच्यौदै आएको बगान सरदार को फ़ोटो,
लाखौमा एक हुने थियो होला आज।
त्यससमय कैमेरा हुन्त्यो भनि,
दँसै मा देबीपुजा हेर्ने गएर किनको त्यो पिस्तौल,
घीसिंगनी आमोई ले धोएको खसी को भूँढी र
पकाएको त्यो रक्त्तिसँगै खाँदै गरेको जाँड बाजेले,
मस्ति ले हेर्ने थिए यि फोटाहरु अहिले, थिएन कैमेरा
गाऊँ को पहिले रेडियो र साईकल को फ़ोटो, मेरो
रोम रोम मा हुन्त्यो होला ,कैमरा मा भएको भये।
त्यससमय कैमेरा हुन्त्यो भनि,
घर अघि को लिंगे पिंग , दँसै मा चलेको ढिकीको
र थरि थरि चिउरा को फ़ोटो हुन्त्यो कत्त्ति हो कत्त्ति,
कान्दरा ले रुखमाथि छडेर तिर ले नदी मा शोल माछा उनेको फ़ोटो त झकाश हुन्त्यो होला आज!
गुरु पूजा मा भेला भएका आठ नौ जना धामी कामदै कोइ छाना माथि ,कोई रुख मा चडदै गरेको
ति फोटाहरु अब पाईदैनन सायद ,कैमरा थिएन हरे।
त्यससमय कैमेरा हुन्त्यो भनि,
म खीँचने थिएँ फोटाहरु मेरा वाल्य सखा,
मखे,माकुम, बिर्खे,बिदुरे, रत्न, रामधन,टोकल,
दिलबीर, भक्क, भाकडू, ढोक्सी,कार्पिन, संखे,
मंजरी,बिल्लू,मधु,ठुलोकांछी,तीखे,सुकरू नंदा, बटै ,खम्बे, च्याँसी डल्ले हरु को ,फ़ोटो,
हेर्ने थिँए समय समय मा , भूलाउने थिएँ मन,फ़र्कने थिएँ वचपन मा,
बिसाउने थिएँ दुखः रमाउने थिएँ केहिबेर,झरने थिए आँसू, जागने थिएँ होला सारा रात,भूलने थिँए आफैलाई केहिबेर।
(World Photography Day 19th Aug)
(वर्ल्ड फोटोग्राफी डे मा समर्पित)
पुरु
अमृतसर
19/8/2017

मित्रता दिवस - अभिनंदन जानाँउ कसरि?
दुखःका र सुखका हज्जारौ दिनहरुमा,
कतै बगर मा,कतै खोला मा,
थिए अनंत साथीहरु, न हिउँद न वर्खा,
न शरत, न शीत न वसंत, खै कहाँ होलान आज ति,
यो मित्रता दिवस मा?
न फेसबुक मा, न मोबाइल मा,
अभिनंदन जानाउ कसरि?
मलाई नदी मा डूबन बचाऊने साथी परांग ठुले,
पौड़न सिकाउने हेंजन माइलो,
रुख चर्डन सिकाउने कालीनाथ
र हलो जोतन्न सिकाउने सुक्करु ,
कहाँ होलान आज,कसरि अभिनंदन पठाँउ प्रभु?
बयेर र बिमिरा टिप्न लाने साथीे नेवार कांछी
माछा मार्न सिकाउने घीसिंग ठुली अनि
नाउ र ढिकी चलाउन सिकाउने खत्री माइलो
कहाँ होलान आज,कसरि अभिनंदन पठाँउ हरे?
गाँस र बास को शमशय्याले तेतिखेर नै लाखा-पाखा
लागेका थिए इनिहरुका आमा-बुबा,
खै यो आधुनिकता ले नै नछोएको ई मेरा मित्रहरु,
कहाँ होलान आज ,सायद थाहा नै छैन उनिलाई
कस्ले सुनाइदेला मेरो यो सन्देश, मित्रताको,
कहाँ होलान आज,कसरि अभिनंदन पठाँउ प्रभो? सुभकामना सुभसन्देश र मंगलकामना,
यो मित्रता दिवस मा तमाम हृदयभरिको।
(फेसबुक का तमाम मित्रहरुमा "मित्रता दिवश" को सुभकामना)
पुरु
अमृतसर
6/8/17

एसबेला मधेश नजाउँ होला भेटघाट गर्न
बाबु-आमा खसे पच्छी को धोको,
मधेश जाने आफन्त हरु भेट्न,
छन र को पो अहिले मधेश मा,
सबै विदेश तिर, कोहि पड़न कोहि रोज़ी रोटी मा
एसबेला मधेश नजाउँ होला भेटघाट गर्न।
भानीज़ दुइजना,एकजना ऑस्ट्रेलिया, अर्का नरवे,
सानिमा को छोरा बुहारी र नानिहरु हाल लंदन मा,
बाल्य बंधु शेर्पा हाल काठमांडु बाट ऑस्ट्रेलिया मा
अनि सानिमा को छोरा देबु पनि हाल अमेरिका मा
एसबेला मधेश नजाउँ होला भेटघाट गर्न।
फेरि भनौ सकुन्तला भाउजु र दाजु पनि हिजोआज
छोरा -बुहारी, नाति-नातिना सँगै अमेरिका मा,
भतीजी सुषमा पनि ईटहरी बाट ऑस्ट्रेलिया मा,
सानिमा को अंतरे छोरा पनि हाल थाईलैंड मा
एसबेला मधेश नजाउँ होला भेटघाट गर्न
मितबा खसे पछि मित-आमा त हुनुहुन्त्यो धरान मा
उनि पनि पो अहिले छोरा-बुहारी संग कनाडा मा
प्रभु भांजा र मीना भांजी पनि हाल विदेश मा
खल्लो खल्लो पो छ त एसबेला मधेश
एसबेला मधेश नजाउँ होला भेटघाट गर्न ।
कोहि भतीज-भातिजी हरु पढ़ाई गर्न इंडिया मा
काका-काकी ,बाहुन दाजु पनि तिर्थ गर्न काशी मा,
पिताजी को माईजु पनि सारै वृद्धा ,लेटाङ्ग मा,
सानै मा मामा खसेर बिधवा माईजु माईत मैं,
हामि ससाना हुदै आउनु भो लेटाङ्ग
आँखा नै देखन्नु हुन्न रे ,छाम -छूम गरेर मलाई
पुरु हो भन्दा म रुंछु होला,सायद उनी पनि,
सबै भेला भएको बेलामा मधेश यात्रा गरु भनेको,
एसबेला मधेश नजाउँ होला भेटघाट गर्न।
पुरु
अमृतसर
30/7/2017

रमाइलो त परदेश मा पो हुन्छ।
न देख्छन कसैले ,न डर कसैको,
जे खाये पनि ,जे लाये पनि,मग्न र मस्त
रमाइलो त परदेश मा पो हुन्छ।
बाबू ले ऋण काडेर
आमा को गहना र कल्ली समेत बेचेर
लइनो गाई दुई दुई वोटा अनि
आफ्नो माटो सबै बंघक दिएर
पठाएको परदेश ठुलेलाई
फोन त गर्छ कहिलेकहि तर
कमाई छैन भन्छ ,
रमाइलो त परदेश मा पो हुन्छ।
हुनेवाला ससुराली लाई पनि छोडेंन
उतावाट पनि निकै रकम माँगेको बुझिन्छ
साथीहरु त ठुले को कमाई निकै छ भन्छन,
न पैसा पठाउछ, न ऋण तिरने कुरो गर्छ,
रमाइलो त परदेश मा पो हुन्छ।
घरमा दुइवोटी वहिनि, ठुली बीस बर्ष कि,
अझै महीनावारी भएको छैन,
डॉक्टर को भनाई आपरेशन गरे निको हुन्छ ,
रकम चाहिन्छ निकै, ठुले को बाबू -आमा आसामा
अब कहिले रुपैया को प्रवन्ध हुन्छ?
रमाइलो त परदेश मा पो हुन्छ।
घरका सबैले सोमबारे ब्रत लिन थाले
यहि श्रावण महिना बाट,
ठुलेको राम्रो होस,ऋण तिरिवोस ,
कसैले भनेछ ठुले त लसकेको छ उतै को केटिसँग
हरे शिव अब के के हुन्छ?
रमाइलो त परदेश मा पो हुन्छ।
पुरु
अमृतसर
26/7/2017

बाबु
म भन्दा उच्च हुन छोरा छोरी भन्ने नै बाबु
समय खेर नाफालेश है नानीहो ,भन्ने नै बाबु,
स्थान काल पात्र हेरेर काम गरेश है,भन्ने नै बाबु
अन्याय को बिरोध गर्न नडरायेश है भन्ने नै बाबु,
घर परिवार, दाजु -भाई दिदी- बहिनी,सबै मिलेर बसे
लक्ष्मी को बास हुन्छ है भन्ने नै बाबु,
यात्रा मा खुकरी बोन्न नभुलेश है नानी ,भन्ने नै बाबु
राजसेवा गर्दा घूश नाखायेश है,भन्ने पनि बाबु,
कायर हुनु भन्दा मरनु नै निको भन्ने नै बाबु
आपद मा जिउ ,अनिकाल मा बिउ जोगाउनु भन्ने पनि बाबु।
मानिश जातले होइन कर्म ले ठुलो हुन्छ,भन्ने नै बाबु।
नदी,बैद्य, बिद्वान,दानी नभएको ठाऊँ मा
घर नागरेश है भन्ने नै बाबु।
खालि पेट ले यात्रा नागरेश नानी हो भन्ने पनि बाबु,
संपूर्ण परिवार समेत इस्ट-मित्र को ख्याल राख्ने नै बाबु,
परम पिता परमेस्वर नै हुनुहुदो रहेछ बाबु।
पुरु
अमृतसर
18-06-2017
Father's day को उपलक्ष मा समर्पित

हजुर,नमामि त ब्रह्मपुत्र नै हुन
नदी हरुमा पुं लिंग
तमाम प्राणीहरुको धरोहर
उर्बर जमिन छेउ छाउ मा
जन्म देखि मृत्यु सम्म को आधार
हजुर ,नमामि त ब्रह्मपुत्र नै हुन।
वर्खा को रूप उग्र भये पनि,
लेदो ले जमिन उर्बर हुने
उलाऊ ले जान माल गए पनि स्वाहा भनिने,
पुनर उत्थान हुने , स्नान मात्रै मा मोक्ष हुने
हजुर, नमामि त ब्रह्मपुत्र नै हुन।
बाबु ले बारंबार भनेको "मेरो अस्तु नलगेस है छोरा"अंत कुनै ठाँउ मा
यहि ब्रमपुत्र मा सेलाये हुन्छ, यो सागर मा मिल्छ,
त्यसै गरेँउ हामीले, त्यसैले होला
हजुर, नमामि त ब्रह्मपुत्र नै हुन।
हाम्रो प्रारंभ नै ब्रह्मपुत्र को छेउ,
गोठ बाट नै प्रारंभ नया जीवन, पछि अनि प्रगति ,
सुख दुखः को लामो अंतहीन गाथा
डूबे जो जो भये मोक्ष,बाँचेका जति भये बज्र
हजुर, नमामि त ब्रह्मपुत्र नै हुन।
साहित्य एकाडेमी ले पनि सर लीलबहादुर को
" ब्रह्नपुत्र को छेउ छाउ"पुस्तक नै रुचाए,
ब्रह्नपुत्र को छेवैमा भयो सबै जातिको महामिलन
चीन बाट बंगोपसागर सम्म को लामो यात्रा ले होला
हजुर, नमामि त ब्रह्मपुत्र नै हुन।
पुरु
अमृतसर
4/4/17

को पार्गत
मैले फ्याँकेका वोही का ति गाताहरु
अनि चिठी का खोलहरु
बुवाले सुटुक्क बिस्तारा मा लुकाउनु हुन्थ्यो ,
अनि कोर्नु हुन्थ्यो गणित का ति सूत्रहरु
कागज को मुल्य मलाई थाहा थिएन
माटो मा अंगार ले, पत्ता मा आँफै बनाएको मसी ले बुवाहरु ले लेख्न सिक्न हुन्थ्यो रे,गुरु बा को घरमा,
मलाई कागज को अकाल थिएन ,
बुवाको जमना मा कगाज नै थिएन ,
तेसैले होला बुवा गणित मा पार्गत,
भोजपत्र मा,आँफै बनाएको मसी ले,
सालभरि को पात्रो लेखन्नुहुन्थ्यो,जमाना मा बुबाले,किन होला त
हामि तथाकथित स्नातकोत्तर भएर पनि गणित मा आपार्गत?
पुरु
अमृतसर
26/3/2017

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः
फेटालनी आमोई को कोहि थिएनन,
एक्लै बस्थिन, बाख्रा थिए निकै,
मुडुलो टाउको, किनकि श्रीमान खसेको,
उनको मलामि म गए थिएँ,म सानो भये पनि,
रात पर्यो, लाश पुरा जलेको थिएन,आए मलामि,
सायद त्यो नारी दिवश को दिन थियो!!
लाश त हेपियो भनि आमोई कति हेपिन होला ?
गोदार माइलाको छोरी,विहे भाको एक वर्ष भयो, हिजड़ा भनेर माइत छोडेर गए स्रीमान ले,
पछि घोरसाने कांछा संग भागी,राम्रो छ अहिले,
बर्सेनि का दुई वोटा छोरा छन,
न नारी दिवस न नारी थिए हक़ माग्ने तेतिखेर,
यस्तै थियो होला नारी दिवस तेतिखेर ?
बुहारी लाई अंखरा को झटारो हान्ने तल्लाघरे आमोई,
बुढ़ी कुटने भंगेरे वाहुन,
छोरी पढ़ाए चिठ्ठी लेख्छन भनेर
भाई बहिनी हेर्न लाउने खत्री माईलो,
बुहारी,छोरी र आमा को हुर्मत थियो तेतिखेर,
उज्यालो बोकेर आवोस नारीहरुमा अब,
सपनिमा आमा लाई देखे भन्ने छु पक्का,
नारी सन्मान ,सुरक्षा को दिवस मनाएको कुरा,
किनकि दिउँसै डाका ले आमा को गहना लुटेको
याद छ मलाइ,
सुन को मोह नै थिएन आमामा त्यसपछि,
कत्त्ति हो कत्त्ति अब्यत्त ब्यथा को कथा
जत्ती भन्यो उत्ति नै छुटेर जान्छ,
‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः
पुरु
अमृतसर 8/3/17
(छोरी/भातिजी निर्मला को अनुरोध मा अन्तर्रास्टिय नारी दिवस मा लेखेको कविता)

किन न आकि?
(हजुर बा ले जेठी हजुर आमै लाई लेखेको चिठी)
सोस्थानी को सांगे मा पनि आईनस
वर्त लियेकी थिई कांछी ले
आमा को चौरासी को पनि खबर गरे थेँ
किन न आकि ।
भांजा को व्रतमन्न मा पनि त आईनस,
सबैले सोधी रहे ,गुनासो गरे
नानी केटाकेटी हरु पनि ठुली आमा खोइ भनछन?
कांछी को पनि भ्याइ न भ्याइ छ,
मास,घांग्रा र रहर उखालन् बिति सक्यो
किन न आकि।
ज्योतिषी फुपाजु को वरखांत्त मा खबर गरे थे रे
सारै दुःख माने, किन न आकि।
काका बा को छोरी गौरी को बिहे मा निम्तो पठाये रे
खबर पनि गरे, किन न आकि।
प्रभु ले जे दिए त्यसैमा खुशी हुनु निको अब
छोरा छोरी भयेनन भनेर दुखः नगरे है ठुली ¡
कस्ले बाँझी भन्यो भन्न दे,भो अब माईत नवस,
बोरु एक्ली आमा लाई लिएर यतै आइज
मैले र कांछी ले कत्ति समझाँए तँलाई
यि केटा-केटी आफ्नै ठान, दुःख नमाने है ठुली
पीर नमान,जागुन को गोले झाँक्र्री ले
बोझो को बुटी दिन्छन रे,जाऊँला एकदिन,
कस्ले के भन्छ ,भन्न दे
बोरु एक छाक खाऊ, सँगै बसौ
खर्च पनि पठाई दि रथेँ ,वाहुन दाजु को हात मा,
किन न आकि?
पुरु
अमृतसर
5 /3/17

खुकुरी
हाम्रो शान हाम्रो मान हाम्रो प्राण खुकुरी
उठ्दा बस्दा हिँँड्दा सुतदा अलंकार हो खुकुरी।
नानी जन्मयो लागो जान्छ सिराने मा खुकुरी
बिहे आयो खाँड़ो जगाउन लानु पर्ने ख़ुकुरी।
जन्त जान जंगल बाटो भिरे सबले खुकुरी
मलाम जान खोला पाखा साथ मा लिई खुकरी।
गोर्खा फ़ौज राइफल साथै भिरि हिँडे खुकरी
फ़ॉकलैंड वार भयो फ़तेह नायक त्यसको ख़ुकुरी।
रेल यात्रामा फल फुल काटने साथी पनि ख़ुकुरी
आई परेमा जाई लाग्ने यात्रा साथी ख़ुकुरी।
अतिथि आए आम सभामा संबर्धना मा ख़ुकुरी
टोपी साथै ख़ुकुरी उपहार शान हो हाम्रो ख़ुकुरी।
निगुरो टिप्न ढकाल साँईला बोकि साथै ख़ुकुरी
जंगल पसे फलफुल खोजन्न भिरी टक्क ख़ुकुरी।
पशु अल्झो मर्छ क्यार बंधन काटने ख़ुकुरी
कुकुर भुक्यो राति घरमा खोइ खोइ साँइली खुकुरी।
दँसै आयो अस्त्र पुजा तेस्मा पनि ख़ुकुरी
मारकाट गर्न शक्ति पुजा .त्यसमा अघि ख़ुकुरी।
धामी कांछा चिंता बसे थानमा राखि ख़ुकुरी
पाड़ा खोज्न खत्री कांछा हिँडे भिरि खुकुरी।
गोर्खाली ले भिर्न सक्छ आफ्नो शान ख़ुकुरी
पृथिवी, जल ,आकाश सम्म भिर्न सक्ने ख़ुकुरी
यस्तो गोर्खा धन्य हामि शान हो हाम्रो खुकुरी।
पुरु
अमृतसर
आउनु कसरि?
सबै लुगा धोएको छु,
फेरफारे पनि छैन,
सुकेको नै छैनअझै,आउनु कसरि?
आज फेरि बार्ने बार,मंगल बार,
घर छोड़नु हुदैन,आउनु कसरि?
फेरि भन्नौ, आज मंगल बारे ब्रत,
केहि खान्न म, आउनु कसरि?
चश्मा खसेर भाचिएको छ,
बनाउन दिएको छु,
दुई चार दिन लाग्छ रे,
म आउनु कसरि?
आज पूर्व तिर को जात्रा निषेध छ
बिसाखा नछत्र हुनाले,
म आउनु कसरि?
खँदाल बा को मलामी गयेँथे
आज चोखिने दिन,जानु नै पर्ने,
म आउनु कसरि?
आउन त मन लाग्छ,
तर परिश्थिति वाधक छ,
फेरि बर्खा पनि त लाग्यो,
नरिसाउ तिमि, कोशिस जारी छ
तमाम बाधा हरु बिच,
म आउनु कसरि?
पुरु
मुम्बई
16/2/17
फेरफारे पनि छैन,
सुकेको नै छैनअझै,आउनु कसरि?
आज फेरि बार्ने बार,मंगल बार,
घर छोड़नु हुदैन,आउनु कसरि?
फेरि भन्नौ, आज मंगल बारे ब्रत,
केहि खान्न म, आउनु कसरि?
चश्मा खसेर भाचिएको छ,
बनाउन दिएको छु,
दुई चार दिन लाग्छ रे,
म आउनु कसरि?
आज पूर्व तिर को जात्रा निषेध छ
बिसाखा नछत्र हुनाले,
म आउनु कसरि?
खँदाल बा को मलामी गयेँथे
आज चोखिने दिन,जानु नै पर्ने,
म आउनु कसरि?
आउन त मन लाग्छ,
तर परिश्थिति वाधक छ,
फेरि बर्खा पनि त लाग्यो,
नरिसाउ तिमि, कोशिस जारी छ
तमाम बाधा हरु बिच,
म आउनु कसरि?
पुरु
मुम्बई
16/2/17
भेलेंनटाईन डे रे ,नेपट्टी को गनगन
माया गर्छु भनेर भन्नु पर्ने रे,
उपहार ले स्वागत गर्नु पर्ने रे!
नेपट्टी को चुल्ठो मा नै मख्ह परेर
बिर्खे ले प्रेम याचना गरेको,
आज भात मा कपाल एक भेटदा
रिसाले चुर चुर हुन्छ बिर्खे,
नेपट्टी लाई अझै झलझलि याद छ
भेलेनटाइन मा बिर्खे ले दामी फुल दिएको
हुदैन होला है यस्तो प्रेम दिगो,
भए त बेस नभए त गुनासो अनेक।
पुरु
बस यात्रा मुंबई-पुणे
14/2/17
उपहार ले स्वागत गर्नु पर्ने रे!
नेपट्टी को चुल्ठो मा नै मख्ह परेर
बिर्खे ले प्रेम याचना गरेको,
आज भात मा कपाल एक भेटदा
रिसाले चुर चुर हुन्छ बिर्खे,
नेपट्टी लाई अझै झलझलि याद छ
भेलेनटाइन मा बिर्खे ले दामी फुल दिएको
हुदैन होला है यस्तो प्रेम दिगो,
भए त बेस नभए त गुनासो अनेक।
पुरु
बस यात्रा मुंबई-पुणे
14/2/17
असल प्रेमी जोड़ी मा समर्पित
धने छेउ मा थिएन आमा है खसद्दा,
बाबु सारै हुदा पनि भ्याएन आउन।
आज एक मुस्त गिफ्ट लिएर जादैछ भेट्न,
मानौ प्रेमिका को चुल्ठो समातेर लाइ भन्न -
म असाध्य माया गर्छु भनेर।
माया गर्छु भन्नु त हो असाद्दे राम्रो,
गरेर देखाये हुन्छ, भन्नु पो त नराम्रो।
पुरु
पुणे, महाराट्र, 14/2/2017

खै,फोटाहरु?
घर छोडेको छ मैना पो भयो,
कत्ति भने मैले खै,फोटाहरु?
सानो मा नै ल्याएको छाउरोको,
नुहाईदिंदा छै, भंथे सबै,
अहिले भुक्छ रे राति,सबै खुस,
तेतिखेर रोपेको रुखको बिरुवा
अगरु,अमला र चंपा फूल को,
ठिकै छ बिरुवा भन्छन,छैन फोटो
तिहारमा गाईबाछी पुजेको फोटो,
दुहुने छ भन्छन ,छैन फोटो,
रोपेको तुलशी राम्रारि झांग्यो रे
छैन है फोटो,नेट नै चल्दैन रे
तर नेट पैक त मुस्त हालछन।
आज माइला लाई सुटुक्क भने
गयेस त माइला, फोटो पठायेश
म आएपछि दामिभोटका दिऊला,
आऊला कि त फोटो?
कि चाकरै बिना ओइलाये इनिहरु?
घर छोडेको छ मैना पो भयो,
कत्ति भने मैले खै,फोटाहरु?
कत्ति भने मैले खै,फोटाहरु?
सानो मा नै ल्याएको छाउरोको,
नुहाईदिंदा छै, भंथे सबै,
अहिले भुक्छ रे राति,सबै खुस,
तेतिखेर रोपेको रुखको बिरुवा
अगरु,अमला र चंपा फूल को,
ठिकै छ बिरुवा भन्छन,छैन फोटो
तिहारमा गाईबाछी पुजेको फोटो,
दुहुने छ भन्छन ,छैन फोटो,
रोपेको तुलशी राम्रारि झांग्यो रे
छैन है फोटो,नेट नै चल्दैन रे
तर नेट पैक त मुस्त हालछन।
आज माइला लाई सुटुक्क भने
गयेस त माइला, फोटो पठायेश
म आएपछि दामिभोटका दिऊला,
आऊला कि त फोटो?
कि चाकरै बिना ओइलाये इनिहरु?
घर छोडेको छ मैना पो भयो,
कत्ति भने मैले खै,फोटाहरु?
लेखन त खोज्छु मनको वह
लेखन त खोज्छु मनको वह
नाबुझी अरूले अट्टहास् गरल्ला
कवि छन हाम्रा सारै नै राम्रा
पड़ीदिने मनले को हुन्छ होला
तै पनि लेख्छन बिक्दैन पुस्तक,
क कस्ले आज सुनिदिने होला;
समय नै छैन अध्ययन गर्न
भाषालाई कस्ले अंगालने होला
तड़पन र रोदन यो मेरो मनको
बुझीदिने मानिश को हुन्छ होला।
नाबुझी अरूले अट्टहास् गरल्ला
कवि छन हाम्रा सारै नै राम्रा
पड़ीदिने मनले को हुन्छ होला
तै पनि लेख्छन बिक्दैन पुस्तक,
क कस्ले आज सुनिदिने होला;
समय नै छैन अध्ययन गर्न
भाषालाई कस्ले अंगालने होला
तड़पन र रोदन यो मेरो मनको
बुझीदिने मानिश को हुन्छ होला।
बूझीदिने मानिश को हुन्छ होला
समय नै छैन हाम्रो है आज
भाषालाई कस्ले अंगालने होला,
लेखन नै भूल्योउ पड़ननै भूल्योउ
जोगाड़ कस्ले गरिदिने होला,
पुस्तक लिई हिडे है लेखक
क कस्ले अब किनिदिने होला
तड़पन र रोदन यो मेरो मनको
बूझीदिने मानिश को हुन्छ होला।
कबिता लेख्छु मुस्तक हुन्छ,
गजल लेख्छु खिचड़ी हुन्छ,
लेखन त खोजछु सकेेभर राम्रो
तैपनि सिमित ज्ञानले रोक्च,
कोशिस गर्न नचछोडौ हामी
भाषा को काख न्यानो नै हुन्छ!
बिस्तृत जाति बिस्तृत भाषा
संगालि दिने को हुन्छ होला,
तड़पन र रोदन यो मेरो मनको
बूझीदिने मानिश को हुन्छ होला।
भाषालाई कस्ले अंगालने होला,
लेखन नै भूल्योउ पड़ननै भूल्योउ
जोगाड़ कस्ले गरिदिने होला,
पुस्तक लिई हिडे है लेखक
क कस्ले अब किनिदिने होला
तड़पन र रोदन यो मेरो मनको
बूझीदिने मानिश को हुन्छ होला।
कबिता लेख्छु मुस्तक हुन्छ,
गजल लेख्छु खिचड़ी हुन्छ,
लेखन त खोजछु सकेेभर राम्रो
तैपनि सिमित ज्ञानले रोक्च,
कोशिस गर्न नचछोडौ हामी
भाषा को काख न्यानो नै हुन्छ!
बिस्तृत जाति बिस्तृत भाषा
संगालि दिने को हुन्छ होला,
तड़पन र रोदन यो मेरो मनको
बूझीदिने मानिश को हुन्छ होला।
मदिरा
जिउदो मान्छे मर्दो मान्छे
हेर तमाशा मदिराको,
कस्ले जीत्यो ,कस्ले हार्यो
खेल तमासा मदिरा को।
सत्य लगायत चारै युग
देखियौ तमाशा मदिराको
कस्ता कस्ता वसमाँ परे
क्या छ चाल है मदिरा को।
चूनाव आयो छलकयो जाम
हेर तमाशा नेता को,
बेहोसी जनता, भोट तुरन्ते
असर सिघ्र मदिरा को।
हर्कके टुन्न,बिरर्खे टुन्न
देश टुन्न मदिरा मा
पसलै पसल मदिरा हरुको
जनता भूलन मदिरा मा।
देवता टुन्न,राख्य्याश टुन्न
युग युग देखि मदिरा मा
लिवर गयो,किडनी गयो
बड़ो तागत है मदिरा मा।
कार्य सिद्धि तुरंतै हुने
देखेऊँ होम मदिरा को
रक्सी चढ़ाई फर्के भक्त
जै हो बगला देबी को।
यस्तो कार्य सिद्धि कारी
तमाम फ़ायदा रक्सी को
जाड़ो आयो खपत तमाम छ
हेर तमाशा मदिरा को।
दूध खायो ,दही खायो
ढिलो एक्शन गोरश को
तुरंत एक्शन हुन्छ है प्रभो,
गर्छन सेवन मदिरा को।
"स्थान, काल, पात्र हेरेर उचित मात्रा मा मदिरा सेवन गर्ने हरु प्रति छमा चाहदै।"

म गोर्खाली कि नेपाली
"दसौ कक्च्या सम्म पढ़ाई भयो प्यारो भासा असमिया मा"
म जन्मेको गांव नै नेपाली बामुन गाउ,
सनामा गाउ मा भाषा पियोल आउदा,बूबा ले लेखाउनु भाको
नेपाली भाषा नै याद छ,
बीकॉम पड़दा नेपाली नै MIL थियो,माद्यम अंग्रेजी,
नेपाली भाषा संगबिधान को मान्यता ,
नेपाली कबिता ,उपन्यास खुब पड़न रुचाउथे म,
मेरो परिचय म निर्धकक भएर नेपली नै भन्ने गर्थे,
नेपाली खुकुरी सधै हुन्छ म संग,
टोपी नेपाली पनि राखने गर्छु सधै,
भानुभक्त रामायण पनि पड़ने गर्छु,
अब मलाई कसैले सोधे के भन्नु म
"नेपाली की गोर्खाली"
किनकि निक्कै पटक गोर्खाली भनेको छु तर, चीनैनन निकैले,
"प्रभु म नेपाली कि गोर्खाली"

कसलाई सुनाऊ मेरो यो ब्यथा
सानामा हुदा जाड़ोको त्यों दिन
बितत्यों आराम ले छिन पलपल
छिन,
दाने गामछा को मफ़लर
दाने कपड़ा को कौपीन
मस्त को थियो त्यों दिन।
फ़ूलालैन को थान को कपड़ा
सबैलाई एकनासे माथिल्लो लूगा,
बेलुकी बिहान भात र ओलन
थियो सामंन्य स्वतिक भोजन।
गुटु मुट्टु भएर दाजु भाई सुतयो
जाड़ो यसरी आराम लें बितयो।
हालै किनेको दुइजोड़ी लूगा,
सारै गरम रे अति जाड़ो हुदा,
जाँदैन जाड़ो रपनि मेरो हैं
केभको हरे यो त्यो डंका सरिरै,
चूर्णा र जुका खरानी पानी ले
चिलौने जान्थ्यो गौ मूत्र लै है,
पीनाश जान्थ्यो मित बा ले फुकदा
हावा बतासै गोठ धुप गर्दा।
जन्तरे बा ले बोलाएको सातो,
बा नै गए बोरु, फेरि गएन सातो
गोले झककरी ले फुकेको चामल
सिराने मुनि रहन्थ्यो अनमोल,
आमा को काख नै थियो सारै न्यानो
बाबु को अरथि भयो है बिरानो।
गाड़ी र घोड़ा ट्टमम छ घरमा,
लूगा गरम का भयेभर सम्म
र पनि छैन परित्राण अहिले
कसलाई सोधूउ कारन महिले,
आज को ब्याथ्या यतिनै सुनाये
सुनोल्लो बच्चपन कसरी गुमाये?
बितत्यों आराम ले छिन पलपल
छिन,
दाने गामछा को मफ़लर
दाने कपड़ा को कौपीन
मस्त को थियो त्यों दिन।
फ़ूलालैन को थान को कपड़ा
सबैलाई एकनासे माथिल्लो लूगा,
बेलुकी बिहान भात र ओलन
थियो सामंन्य स्वतिक भोजन।
गुटु मुट्टु भएर दाजु भाई सुतयो
जाड़ो यसरी आराम लें बितयो।
हालै किनेको दुइजोड़ी लूगा,
सारै गरम रे अति जाड़ो हुदा,
जाँदैन जाड़ो रपनि मेरो हैं
केभको हरे यो त्यो डंका सरिरै,
चूर्णा र जुका खरानी पानी ले
चिलौने जान्थ्यो गौ मूत्र लै है,
पीनाश जान्थ्यो मित बा ले फुकदा
हावा बतासै गोठ धुप गर्दा।
जन्तरे बा ले बोलाएको सातो,
बा नै गए बोरु, फेरि गएन सातो
गोले झककरी ले फुकेको चामल
सिराने मुनि रहन्थ्यो अनमोल,
आमा को काख नै थियो सारै न्यानो
बाबु को अरथि भयो है बिरानो।
गाड़ी र घोड़ा ट्टमम छ घरमा,
लूगा गरम का भयेभर सम्म
र पनि छैन परित्राण अहिले
कसलाई सोधूउ कारन महिले,
आज को ब्याथ्या यतिनै सुनाये
सुनोल्लो बच्चपन कसरी गुमाये?
Subscribe to:
Posts (Atom)