कसलाई सुनाऊ मेरो यो ब्यथा

सानामा हुदा जाड़ोको त्यों दिन
बितत्यों आराम ले छिन पलपल
छिन,
दाने गामछा को मफ़लर
दाने कपड़ा को कौपीन
मस्त को थियो त्यों दिन।
फ़ूलालैन को थान को कपड़ा
सबैलाई एकनासे माथिल्लो लूगा,
बेलुकी बिहान भात र ओलन
थियो सामंन्य स्वतिक भोजन।
गुटु मुट्टु भएर दाजु भाई सुतयो
जाड़ो यसरी आराम लें बितयो।
हालै किनेको दुइजोड़ी लूगा,
सारै गरम रे अति जाड़ो हुदा,
जाँदैन जाड़ो रपनि मेरो हैं
केभको हरे यो त्यो डंका सरिरै,
चूर्णा र जुका खरानी पानी ले
चिलौने जान्थ्यो गौ मूत्र लै है,
पीनाश जान्थ्यो मित बा ले फुकदा
हावा बतासै गोठ धुप गर्दा।
जन्तरे बा ले बोलाएको सातो,
बा नै गए बोरु, फेरि गएन सातो
गोले झककरी ले फुकेको चामल
सिराने मुनि रहन्थ्यो अनमोल,
आमा को काख नै थियो सारै न्यानो
बाबु को अरथि भयो है बिरानो।
गाड़ी र घोड़ा ट्टमम छ घरमा,
लूगा गरम का भयेभर सम्म
र पनि छैन परित्राण अहिले
कसलाई सोधूउ कारन महिले,
आज को ब्याथ्या यतिनै सुनाये
सुनोल्लो बच्चपन कसरी गुमाये?