किन न आकि?

(हजुर बा ले जेठी हजुर आमै लाई लेखेको चिठी)

सोस्थानी को सांगे मा पनि आईनस
वर्त लियेकी थिई कांछी ले
आमा को चौरासी को पनि खबर गरे थेँ
किन न आकि ।

भांजा को व्रतमन्न मा पनि त आईनस,
सबैले सोधी रहे ,गुनासो गरे
नानी केटाकेटी हरु पनि ठुली आमा खोइ भनछन?
कांछी को पनि भ्याइ न भ्याइ छ,
मास,घांग्रा र रहर उखालन् बिति सक्यो
किन न आकि।

ज्योतिषी फुपाजु को वरखांत्त मा खबर गरे थे रे
सारै दुःख माने, किन न आकि।

काका बा को छोरी गौरी को बिहे मा निम्तो पठाये रे
खबर पनि गरे, किन न आकि।

प्रभु ले जे दिए त्यसैमा खुशी हुनु निको अब
छोरा छोरी भयेनन भनेर दुखः नगरे है ठुली ¡
कस्ले बाँझी भन्यो भन्न दे,भो अब माईत नवस,
बोरु एक्ली आमा लाई लिएर यतै आइज
मैले र कांछी ले कत्ति समझाँए तँलाई
यि केटा-केटी आफ्नै ठान, दुःख नमाने है ठुली
पीर नमान,जागुन को गोले झाँक्र्री ले
बोझो को बुटी दिन्छन रे,जाऊँला एकदिन,
कस्ले के भन्छ ,भन्न दे
बोरु एक छाक खाऊ, सँगै बसौ
खर्च पनि पठाई दि रथेँ ,वाहुन दाजु को हात मा,
किन न आकि?

पुरु
अमृतसर
5 /3/17