बूझीदिने मानिश को हुन्छ होला

समय नै छैन हाम्रो है आज
भाषालाई कस्ले अंगालने होला,
लेखन नै भूल्योउ पड़ननै भूल्योउ
जोगाड़ कस्ले गरिदिने होला,
पुस्तक लिई हिडे है लेखक
क कस्ले अब किनिदिने होला
तड़पन र रोदन यो मेरो मनको
बूझीदिने मानिश को हुन्छ होला।
कबिता लेख्छु मुस्तक हुन्छ,
गजल लेख्छु खिचड़ी हुन्छ,
लेखन त खोजछु सकेेभर राम्रो
तैपनि सिमित ज्ञानले रोक्च,
कोशिस गर्न नचछोडौ हामी
भाषा को काख न्यानो नै हुन्छ!
बिस्तृत जाति बिस्तृत भाषा
संगालि दिने को हुन्छ होला,
तड़पन र रोदन यो मेरो मनको
बूझीदिने मानिश को हुन्छ होला।