यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः

फेटालनी आमोई को कोहि थिएनन,
एक्लै बस्थिन, बाख्रा थिए निकै,
मुडुलो टाउको, किनकि श्रीमान खसेको,
उनको मलामि म गए थिएँ,म सानो भये पनि,
रात पर्यो, लाश पुरा जलेको थिएन,आए मलामि,
सायद त्यो नारी दिवश को दिन थियो!!
लाश त हेपियो भनि आमोई कति हेपिन होला ?
गोदार माइलाको छोरी,विहे भाको एक वर्ष भयो, हिजड़ा भनेर माइत छोडेर गए स्रीमान ले,
पछि घोरसाने कांछा संग भागी,राम्रो छ अहिले,
बर्सेनि का दुई वोटा छोरा छन,
न नारी दिवस न नारी थिए हक़ माग्ने तेतिखेर,
यस्तै थियो होला नारी दिवस तेतिखेर ?
बुहारी लाई अंखरा को झटारो हान्ने तल्लाघरे आमोई,
बुढ़ी कुटने भंगेरे वाहुन,
छोरी पढ़ाए चिठ्ठी लेख्छन भनेर
भाई बहिनी हेर्न लाउने खत्री माईलो,
बुहारी,छोरी र आमा को हुर्मत थियो तेतिखेर,
उज्यालो बोकेर आवोस नारीहरुमा अब,
सपनिमा आमा लाई देखे भन्ने छु पक्का,
नारी सन्मान ,सुरक्षा को दिवस मनाएको कुरा,
किनकि दिउँसै डाका ले आमा को गहना लुटेको
याद छ मलाइ,
सुन को मोह नै थिएन आमामा त्यसपछि,
कत्त्ति हो कत्त्ति अब्यत्त ब्यथा को कथा
जत्ती भन्यो उत्ति नै छुटेर जान्छ,
‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः

पुरु
अमृतसर 8/3/17
(छोरी/भातिजी निर्मला को अनुरोध मा अन्तर्रास्टिय नारी दिवस मा लेखेको कविता)