एसबेला मधेश नजाउँ होला भेटघाट गर्न

बाबु-आमा खसे पच्छी को धोको,
मधेश जाने आफन्त हरु भेट्न,
छन र को पो अहिले मधेश मा,
सबै विदेश तिर, कोहि पड़न कोहि रोज़ी रोटी मा
एसबेला मधेश नजाउँ होला भेटघाट गर्न।

भानीज़ दुइजना,एकजना ऑस्ट्रेलिया, अर्का नरवे,
सानिमा को छोरा बुहारी र नानिहरु हाल लंदन मा,
बाल्य बंधु शेर्पा हाल काठमांडु बाट ऑस्ट्रेलिया मा
अनि सानिमा को छोरा देबु पनि हाल अमेरिका मा
एसबेला मधेश नजाउँ होला भेटघाट गर्न।

फेरि भनौ सकुन्तला भाउजु र दाजु पनि हिजोआज
छोरा -बुहारी, नाति-नातिना सँगै अमेरिका मा,
भतीजी सुषमा पनि ईटहरी बाट ऑस्ट्रेलिया मा,
सानिमा को अंतरे छोरा पनि हाल थाईलैंड मा
एसबेला मधेश नजाउँ होला भेटघाट गर्न

मितबा खसे पछि मित-आमा त हुनुहुन्त्यो धरान मा
उनि पनि पो अहिले छोरा-बुहारी संग कनाडा मा
प्रभु भांजा र मीना भांजी पनि हाल विदेश मा
खल्लो खल्लो पो छ त एसबेला मधेश
एसबेला मधेश नजाउँ होला भेटघाट गर्न ।

कोहि भतीज-भातिजी हरु पढ़ाई गर्न इंडिया मा
काका-काकी ,बाहुन दाजु पनि तिर्थ गर्न काशी मा,
पिताजी को माईजु पनि सारै वृद्धा ,लेटाङ्ग मा,
सानै मा मामा खसेर बिधवा माईजु माईत मैं,
हामि ससाना हुदै आउनु भो लेटाङ्ग
आँखा नै देखन्नु हुन्न रे ,छाम -छूम गरेर मलाई
पुरु हो भन्दा म रुंछु होला,सायद उनी पनि,
सबै भेला भएको बेलामा मधेश यात्रा गरु भनेको,
एसबेला मधेश नजाउँ होला भेटघाट गर्न।

पुरु
अमृतसर
30/7/2017