भेलेंनटाईन डे रे ,नेपट्टी को गनगन

माया गर्छु भनेर भन्नु पर्ने रे,
उपहार ले स्वागत गर्नु पर्ने रे!
नेपट्टी को चुल्ठो मा नै मख्ह परेर
बिर्खे ले प्रेम याचना गरेको,
आज भात मा कपाल एक भेटदा
रिसाले चुर चुर हुन्छ बिर्खे,
नेपट्टी लाई अझै झलझलि याद छ
भेलेनटाइन मा बिर्खे ले दामी फुल दिएको
हुदैन होला है यस्तो प्रेम दिगो,
भए त बेस नभए त गुनासो अनेक।

पुरु
बस यात्रा मुंबई-पुणे
14/2/17