जे खाये पनि ,जे लाये पनि,मग्न र मस्त
रमाइलो त परदेश मा पो हुन्छ।
बाबू ले ऋण काडेर
आमा को गहना र कल्ली समेत बेचेर
लइनो गाई दुई दुई वोटा अनि
आफ्नो माटो सबै बंघक दिएर
पठाएको परदेश ठुलेलाई
फोन त गर्छ कहिलेकहि तर
कमाई छैन भन्छ ,
रमाइलो त परदेश मा पो हुन्छ।
हुनेवाला ससुराली लाई पनि छोडेंन
उतावाट पनि निकै रकम माँगेको बुझिन्छ
साथीहरु त ठुले को कमाई निकै छ भन्छन,
न पैसा पठाउछ, न ऋण तिरने कुरो गर्छ,
रमाइलो त परदेश मा पो हुन्छ।
घरमा दुइवोटी वहिनि, ठुली बीस बर्ष कि,
अझै महीनावारी भएको छैन,
डॉक्टर को भनाई आपरेशन गरे निको हुन्छ ,
रकम चाहिन्छ निकै, ठुले को बाबू -आमा आसामा
अब कहिले रुपैया को प्रवन्ध हुन्छ?
रमाइलो त परदेश मा पो हुन्छ।
घरका सबैले सोमबारे ब्रत लिन थाले
यहि श्रावण महिना बाट,
ठुलेको राम्रो होस,ऋण तिरिवोस ,
कसैले भनेछ ठुले त लसकेको छ उतै को केटिसँग
हरे शिव अब के के हुन्छ?
रमाइलो त परदेश मा पो हुन्छ।
पुरु
अमृतसर
26/7/2017