खै,फोटाहरु?

घर छोडेको छ मैना पो भयो,
कत्ति भने मैले खै,फोटाहरु?
सानो मा नै ल्याएको छाउरोको,
नुहाईदिंदा छै, भंथे सबै,
अहिले भुक्छ रे राति,सबै खुस,
तेतिखेर रोपेको रुखको बिरुवा
अगरु,अमला र चंपा फूल को,
ठिकै छ बिरुवा भन्छन,छैन फोटो
तिहारमा गाईबाछी पुजेको फोटो,
दुहुने छ भन्छन ,छैन फोटो,
रोपेको तुलशी राम्रारि झांग्यो रे
छैन है फोटो,नेट नै चल्दैन रे
तर नेट पैक त मुस्त हालछन।
आज माइला लाई सुटुक्क भने
गयेस त माइला, फोटो पठायेश
म आएपछि दामिभोटका दिऊला,
आऊला कि त फोटो?
कि चाकरै बिना ओइलाये इनिहरु?
घर छोडेको छ मैना पो भयो,
कत्ति भने मैले खै,फोटाहरु?