मित्रता दिवस - अभिनंदन जानाँउ कसरि?

दुखःका र सुखका हज्जारौ दिनहरुमा,
कतै बगर मा,कतै खोला मा,
थिए अनंत साथीहरु, न हिउँद न वर्खा,
न शरत, न शीत न वसंत, खै कहाँ होलान आज ति,
यो मित्रता दिवस मा?
न फेसबुक मा, न मोबाइल मा,
अभिनंदन जानाउ कसरि?
मलाई नदी मा डूबन बचाऊने साथी परांग ठुले,
पौड़न सिकाउने हेंजन माइलो,
रुख चर्डन सिकाउने कालीनाथ
र हलो जोतन्न सिकाउने सुक्करु ,
कहाँ होलान आज,कसरि अभिनंदन पठाँउ प्रभु?
बयेर र बिमिरा टिप्न लाने साथीे नेवार कांछी
माछा मार्न सिकाउने घीसिंग ठुली अनि
नाउ र ढिकी चलाउन सिकाउने खत्री माइलो
कहाँ होलान आज,कसरि अभिनंदन पठाँउ हरे?
गाँस र बास को शमशय्याले तेतिखेर नै लाखा-पाखा
लागेका थिए इनिहरुका आमा-बुबा,
खै यो आधुनिकता ले नै नछोएको ई मेरा मित्रहरु,
कहाँ होलान आज ,सायद थाहा नै छैन उनिलाई
कस्ले सुनाइदेला मेरो यो सन्देश, मित्रताको,
कहाँ होलान आज,कसरि अभिनंदन पठाँउ प्रभो? सुभकामना सुभसन्देश र मंगलकामना,
यो मित्रता दिवस मा तमाम हृदयभरिको।
(फेसबुक का तमाम मित्रहरुमा "मित्रता दिवश" को सुभकामना)

पुरु
अमृतसर
6/8/17