बज्र
***
दसैंमा आएको हुण्डरीमा
चट्यांड पर्यो झुप्रे घरमा
त्यो पनि विधवा वृद्ध
खत्रिनि आमैको घरमा
बज्रले एक लैनो गाई
दुई खसी ठहरै भए
अब के बेचेर दसैं टार्नु होला हरे!कठै!
सारा गाउँमा बज्र परेझै भयो
नेताहरू आएर "चिन्ता नगर्नु आमै" भने!
"प्रकिति लगायत कसैलाई विश्वास नगरेस है अन्तरे "
भन्नु हुन्थ्यो हजुर बा।
सुकेका छन् आँसु मेरा फगत छ जिन्दगी आज
लुकेका छन् आँसु मेरा आघात छ जिन्दगी आज
सुखो परेली भएर पनि झिमकिन्छन आँखा मेरा
रुझेका छन् आँखा मेरा व्याघात छ जिन्दगी आज।
अन्तरे दाहाल
गुवाहाटी
३/१०/२२