टिङ टिङ
*******
टिङ टिङ
दैलो खोल्यो पेपर वाला
टिङ टिङ
दैलो खोल्यो दुध वाला
टिङ टिङ
दैलो खोल्यो काम वाली
टिङ टिङ
दैलो खोल्यो जमेटो वाला
टिङ टिङ
दैलो खोल्यो पीजा वाला
टिङ टिङ
दैलो खोल्यो फ्लिपकार्ड वाला
टिङ टिङ
दैलो खोल्यो एमजन वाला
टिङ टिङ
दैलो खोल्यो लुगा प्रेस वाला
टिङ टिङ
दैलो खोल्यो अनलाईन ग्रोसरी वाला
टिङ टिङ
दैलो खोल्यो कुडा वाला
बस अब टिङ टिङमा बाँधिएर रह्यो जिन्दगी
अन्तरी म बस्न सक्दिन सहर
बरु गोठैमा आनन्द
ब्रह्मपुत्रको किनार
चिसो हावा
प्रफुल्लित मन
चराउँछु गाईवस्तु
रमाउँछु उतै
गाउँछु प्रेमगीत
पढ्छु गुणरत्नमाला
सुसेली मार्छु
सिटी बहाउँछु
खुब रमाउँछु।
टिङ टिङ
दैलो खुल्यो
अन्तरे हिँड्यो।
अन्तरे दाहाल
गुवाहाटी
१८/९/२३