ऊ स्विजरलैण्ड तिर म गोठतिर।

************************

सुन्दैछु मेरो बाल्यसखा

दशैंको बिदामा  स्विजरलैण्डतिर लाग्यो रे

म पनि गोठतिर पो लागें

ऊ हवाई जहाजमा

म डुङ्गामा

ऊ आकाशमा

म धरतीमा

ऊ सुइमिङ पुलमा पौडिदै

म ब्रह्मपुत्रमा पौडिदै

ऊ कृतिममा

म वास्तवमा

म गाई वस्तुमा रमाउँदै

ऊ प्रेयसीसँग सायद

उसको डँडाल्नोमा मुलायम लेपटप

मेरो डँडाल्नोमा घाँसको भारी

सुन्दैछु उसले गुप्तधन पनि निकै राखेको छ रे उता

मेरो दृश्यधन इनै गाईवस्तु यता

भकारोमा बिहानको सूर्यको किरणले बाछा रमाउँछन्

ऊ  केको किरणमा रमाउँछ जान्दिनँ !

सारै राम्रो दिश्य हुन्छ गोठमा पनि

जून -जूनेलीमा ।

यता हर्के, बिरे,डल्ली ,मञ्जरी भेटिन्छन्

उताको कुरा म जान्दिन

 तर

 मृत्यु पछि हामी दुवैको अस्तु

 नदीमानै विसर्जन होला सायद!

 अन्तमा जेहोस 

 को धनी को गरीब

 हामी मिल्ने त सागरमानै रहेछ!

 ऊ  स्विजरलैण्डतिर म गोठतिर!!


अन्तरे दाहाल 

गुवाहाटी, आसाम

०९/१०/२२