आमाको हात बन्द भएको छ

 आमाको हात बन्द भएको छ

*********************

सुन्नु न बडीबाबु

आज किन आउनु भएको

अब कसले पकाएर खान दिन्छ

आमाको हात बन्द भएको छ।


अस्तिनै आउनु पर्थ्यो

किन ढिलो गर्नु भएको

बाबुले राम्ररी पकाउन जान्नु नै हुन्न

अब के खानु हुन्छ

आमाको हात बन्द भएको छ।


जाउँ फुपू घरतिर

छेवैमा छ

उतै बसौं 

उतै खाउँ 

मिठो पकाउनु हुन्छ फुपूले पनि

बुझ्नु भयो नि

आमाको हात बन्द भएको छ।


भन्दै गई ऊ

सुन्दै गयौं हामी

पाँच वर्षकी नानु

मानौं हामीले नजानेको

नसुनेको अनन्त कथा

रहस्य नै उद्भावन गरे झैं

नबिराई भन्दै गई।


पुनर आउनु ल

आमाले राम्रो पकाउनु हुन्छ

म सानी छु 

पकाउन नै जान्दिन

आमाले दिनुहुन्न केही गर्न

आमाको हात बन्द भएको छ!!!


(पहिलो पटक कान्छासँग भेट हुँदा उसको सानी

छोरीले पुग्ने साथ सुनाएको हृदय छुने एक अव्यक्त कथा)


अन्तरे दाहाल

कोक्राझार, आसाम 

२०/९/२२