शब्द भेटिन

 शब्द भेटिन

*********

बाबु!

तिम्रो औंलाको ठेउला देखेर केही लेख्न

शब्द भेटिन

कति बन्चरो ,कोदालो र खुकुरी चलायौ!


आमा!

तिम्रो टाउकोमा नाम्लोको त्यो दाग देखेर

केही लेख्न 

शब्द नै भेटिन

कति डोको र थुन्से बोकेऊ होला

काकाश्री:

तिम्रो त्यो घामले डडेको कालो अनुहार देखेर

कोर्न केही शब्द भेटिन

कति घाम पानी सहेऊ होला! 


जन्तरे दाई !

यो उथ्थान पतनको लहरमा

मही र मकैको भात खाएर 

फर्सी र घाङ्ग्रा उसिनेर खाएर बिताएको रात।


फुपू:

माइतीले दिएको बुलाकी बेचेर

फुपाजुको उपचार गरेको

झलझली याद आउँछ


ईश्वर:

दर्शन भएन हजुरको

आस्थामा नै रह्यौँ हामी

छोडिनौ धर्म

त्यसैले त आज उधार लिएर

हामी तीर्थयात्रामा

अब तिर्थेभोज गर्दा पनि

ऋण नै लिनु पर्ला सायद!

यतो धर्मः ततो जयः


अन्तरे दाहाल 

गुवाहाटी

२४/९/२२