चिठ्ठी आयो
*********
बाबुलाई पैसा मांगेर लेखेको चिठ्ठी
आमाले बर्मा मावला पठाउनु भएको चिठ्ठी
दाजुले भाइलाई राम्ररी पढेस् भनेर लेखेको चिठ्ठी
बुबा आमा दुई मैनाको तीर्थयात्रामा जाँदा
विभिन्न ठाउँ ठाउँ वाट
पठाएको कुशल भएको पोस्ट कार्ड
अहा! दिनहरू गए बितेर!
अदालत वाट आएको पत्र
जागीर भएको सूचना पत्र
धागोले बेरेको दुःखद पत्र
टिकट नभेटेर पठाएको त्यो बेरङ्ग पत्र
नववर्षको शुभकामना कार्ड
हुलाक वाट आएको
फौजी भर्तिको पत्र
डल्लीले पठाएको प्रेम पत्र
हर्केले भेटेको प्रेम पत्र
त्यो रातो ढ्वाङ सारै प्यारो
हराउँदै जाँदैछ पत्र पेटी
मोबाइलमा बन्द भएको छ
प्रेम,सूचना साथै अनन्त कथा।
जन्तरे बा,खन्तरी आमै
कान्छा गोदार,गोठालो माइला
साइँलो झाँक्री, काईलो माहाजन
सबै मोबाइलमा व्यस्त
डाँक अस्त व्यस्त।।
*****
अन्तरे दाहाल
२७/८/२२