जयतु भाषा जननी

 जयतु भाषा जननी

**************

जङ्गलमा दाउरा  लिन जाँदा बोलेको त्यो भाषा

हलो जोत्दाको हलगोरुसंग बोलेको भाषा

कोक्रोमा नानी सुताउँदा बोलेको भाषा

धामीले जोखना हेर्दा बोलेको भाषा

धान रोपाइँमा बोलेको भाषा 

गोठमा बोलेको ठेट भाषा 

बीमारी हुँदाको भाषा

सीलोकेको भाषा

भव्य हाम्रो भाषा

अहा हाम्रो भाषा

प्यारो भाषा!

विश्वको सबै भाषामा महानतम हाम्रो भाषा।

प्राण नै हाम्रो भाषा

जयतु भाषा जननी!

(सम्पूर्णमा भाषा दिवसको शुभकामना)

****

अन्तरे दाहाल

२०/८/२२