आमा म अनलाईन व्यस्त छु
मेरो अनलाईन क्लास हुँदैछ
तिमी मलाई डिस्टर्ब नगर ल
साथीहरुसँग पनि निकै कुरा गर्न छ
म अनलाईन छु।
बाबु मेरो मोबाइल पुरानो भयो
वेकआप लिँदैन,रेम कम्ती छ
अनलाईन एक्जाम दिन छ
अनलाईन सबमिट गर्नुपर्छ
नयाँ मोबाइल जरुरी छ मलाई
अहिले म अनलाईन छु।
दादा मलाई पैसा पठाइदे ल
अनलाईनमा फर्म भर्न छ
अनलाईनमा सामान मगाउनु छ
भेलेन्टाइन डे पनि त आयो
पछि कुरा गरौला ल
अहिले म अनलाईन छु
फुपाजु आज म भ्याउँदिन
म केही काम गर्दै छु
भोलि कल गर्छु ल
अहिले म अनलाईन छु।
आज टिचर्स डे
गुरुलाई उईस गर्नुपर्ने
भ्याउँदिन होला सायद
यो गर, त्यो गर,वाक्क भएँ,कति काम
हाल म अनलाईन छु।
हाई रीमा, के छ खबर
तिमीसँग निकै कुरा गर्न छ
त्यो कुरा सेयर गरौ उस्लाई?
आउ त तिमी पनि
म अनलाईन छु।
आमा को पोते मगाएँ
मेरो लिपिस्टिक र आई लाइनर
फेसक्रिम पनि अनलाईन आयो
तर भनेजस्तो आएन
भक्कु गाली गरेँ कम्पनीलाई
अहिले म अनलाईन छु।
म व्यस्त छु, पछि कुरा गरौला
हजुर! अहिले म अनलाईन छु।
______
पुरुषोत्तम उपाध्याय दाहाल
बेलतला गुवाहाटी
1/9/21