पुरुषोत्तम उपाध्याय दाहाल
********
हो
बत्स्य
कला नै
रहेछ यो।
अनुभव छ
छेवै वाट गयो
मुसुक्क हाँसेर ऊ।
चेतना अर्धचेतना
अनि चिर निद्रा अन्तमा।
"आर्ट अफ डायिङ "भनेको
प्रेमील शब्द पो रहेछ
भाग कति भाग्छौ तिमी
उपयान्तर छैन
राम्रो कला मनु!
सिक्न जरूरी
मृत्यु कला
अन्यथा
आत्मा
ऊ l
2/9/21