ए बाबाठाकुरे!

 ए बाबाठाकुरे!

**********

आमै यो राघवे हो?

कत्रो भएछ, सानैमा देखेको

ऊनी उस्को बुहारी हुन?

हिजो अस्ति जस्तो लाग्छ

डाक्टर पो भएछ!

ए बाबाठाकुरे!


लौ यो मुक्तान माईलाको छोरो हो?

माईला र म सँगै गाई हेर्न जान्थिउँ

मलाई पौडी खेल्न उसैले सिकाएको

छाडा कुरा पनि निकै सिकायो सानामा

हेर त! छोरा छोरी नाती नातिना

अहिले जस्तो लाग्छ,

ए बाबाठाकुरे!


मञ्जरी त अहिले पनि जस्ता को तस्तै

दाउरा लिन जङ्गल जाँदा 

नाम्लो डोको मिलाई दिने म

कहिले काँही रिसले मलाई

बाहुन काठा!पनि भन्थि

भागेर विहे गरेकी,सानामा सारै राम्री

हेरन आँखा उस्को जस्ताको तस्तै

ए बाबाठाकुरे!


आमै!यो फूलतुली हो?

स्कूलमा हामी सँगै बस्थिउँ

बाबु चिया बगानमा काम गर्थे

खैनी खान मलाई पनि सिकाई

चित्र बनाउनमा अब्बल ऊ

निकै उमेर भएको पो देखियो 

चिमोटथी मलाई बेला बेला रिस उठ्दा

नाती फौजीमा भर्ति पो भएछ

ए बाबाठाकुरे!


प्रभु!यो गोदार माइलो हो?

ऊ र म गोठ जाँदा एकदिन

डुङ्गा नै डुब्यो

"अन्तरे डुङ्गा नछोड" भनेर चिच्यायो"

मैले छोडिन् डुङ्गा

मेरो जीवन रक्षक ऊ

मछुवाले उद्दार गरे हामीलाई!

दमको बीमारले भेटेछ अहिले

तर अझै पुष्ट र बलियो र रसिक।

ए बाबाठाकुरे!


पुरुषोत्तम उपाध्याय दाहाल

बेलतला

गुवाहाटी

6/9/21