কত বা আছা তুমি ??

তোমাৰ মৰমে মোক
অনিদ্ৰাত পেলায় কেতিয়াবা,
স্কুলৰ সেই দিনবোৰ,
এদিন এটা চকুৰে টিপ মাৰি,
জনোৱা অহৈতুক প্ৰেম আগ্ৰহ,
কিমান মৰমৰ দিন আছিল
তোমাৰ স্কাট,মোৰ হাফ পেন্ট,
নীলা আৰু বগা।
মোনাৰ কিতাবৰ ভিতৰত,
বানান ভূলেৰে লিখা
হস্তান্তৰ কৰিব নোৱাৰা
চীয়াহীৰে লিখা প্ৰেম পত্ৰ।
কত বা আছা তুমি?
কিয় বা মনত পৰে?
যৌৱনৰ অহৈতুক প্ৰেমৰ কথা,
লগ পালে চাগে ,চাই ৰম,
ইজনে সিজনৰ চকু,
বৈ যাব চাগে, চকুলো দুয়োৰে
লাৰালিৰ দিনবোৰ সুঁৱৰি।
কত বা আছা তুমি???
আমাৰ কস্তুৰী মৃগ নয়না?

পুৰু
গুৱাহাটী

*************
कहाँ छ्यौ तिमी
*************
तिम्रो चोखो मायाको सम्झनाले मलाई
निद्राहीन बनाउँछ कोही बेला
स्कूलमा हुदाँका ती दिनहरू
अनुभूत गरिरहन्छु
एक दिन आँखा झिम्काएर
गहिरो सास लिदै
प्रेम निवेदन गरेको त्यो दिन
भावना र आवेगका कति मिठा दिनहरू थिए।
तिम्रो सेतो स्कार्ट र मेरो निलो हाफपेन्ट र
हाम्रा झोलाका पुस्तकहरू भित्र
भुल हिज्जेले लेखेको
हस्तान्तर गर्न नभ्याको,
मसिले लेखेका
मायाको न्यानो सुवास छरिएका प्रेमपत्रहरू
कहाँ छ्यौ होला तिमी?
किन सम्झन्छु कुन्नी घरी घरी तिमीलाई
आह! यौवनका दिनका ती प्रेममय कुराहरू
भेट भयो भने हेरि रहन्छौ होला
एक अर्काका आँखामा
दुइधारा आँसु बग्छन् होला
साना हुदाँका ती पलहरूलाई सम्झेर
कहाँ छ्यौ तिमी?
मेरी कस्तुरी मृगनयनी।

(मैले असमीया मा लेखेको यो कविता बैनी अनुपमा कट्टेल जी ले मेरो आग्रह मा नेपाली मा उल्था गरि दिएको मा आभार ब्यक्त गर्दै पुनर राखियो।)

लाटोडाँडा

                               उ

                             लाटो

                           जन्मेको

                         थाहा लाग्दा

                         आमा रोईन

                         सारै मन दुख्यो

                       कुन जन्मको फल

                      आमा ले नै भोग्नु पर्ने

                      आमा लाटो रोयो, आउनु,

                   वाक्क लाउँछ यो साँपे ले लौ

                     दस वर्षा को भयो लाटो

                      एकदिन दुःख लुक्यो

                        छोड़यो यो संसार

                          पुरेको ठाँउ त्यो

                             विग्यहरुले

                             ' लाटोडाँडा"

                                पो राखे

                                  हरे

                                  लौ।

पुरु

गुवाहाटी

8/8/20

काग कुकुर र मान्छे

प्रातः भ्रमणमा आज,
अचानक एउटा काग
बिद्युतपृष्टभै भुँईमा झर्यो।

छटपटाएको काग देखेर
कुक्कुरहरु खान दौड़िए
मैले रोकें निकैबेर कुकुरहरूलाई।

कागहरूले कुरा नबुझेर मलाई घेरे,
एउटा काग मेरो टाउकोमा बस्यो,
मैले कुकुरहरु खेदी रहेँ।
कसैले भने काग बाँछदैन,
दिनुहोस खान लकडाउनको भोको कुकुरहरूलाई,
मैले मानिन, कुकुखरू नजिक आएर भुक्न थाले।
मेरो लुगा पनि टोक्यो एउटा कुकुरले।
एक्छिन पछि काग तंग्रीयो र फुर्र उड़ेर गयो।

कुक्कुरहरूले रिसाएर मलाई दागा धरे,
सायद हेर्छु तँलाई भन्दै गए,
मानिशहरु पनि लाखा पाखा लागे,
अरु काग़हरू पनि बिरामी काग संगै उडेर गए,
कागहरूले मेरो कर्म नै बुझेनन।
मलाईभनि काग तिहार,कुकुर तिहार र
भातृद्वितीयाको याद आयो।
काग कुकुर र मान्छे, एउटा बिचित्र साइनो।

(आजको यो सत्य घटना ले सृजना भएको कथा- कविता)

पुरु
गुवाहाटी
25/7/20

कतावाट आवोस कविता ?

घरवाट निस्कदा मुखमा बाक्लो मास्क
सासै फेर्न हम्मे हम्मे हुने,
पसल वाट आएर लुगा बाहिर
मानौ सक्त हो गृहप्रवेश,
छाला गईसके सेनिटाइजर लगाएर,
आनि कतावाट आवोस कविता?

कोरोनाको हाहाकार, जगजगी,
कोहि साथी कोबिद को चपेटा मा
र पनि राजसेवा गर्नु नै पर्ने,
खिन्न हुन्छ मन र भित्री मान्छे,
त्राहि त्राहि छ जनता र मुलुक,
आनि कतावाट आवोस मुत्तक?

जन्मथलो नगएको दुई वर्ष भो,
हिजो गोठालाले खबर गरे,
गोठ मा कम्बर कम्बर पानी,
खाटमाथि भान्सा, पानी मा गाई- बाछा,
चरन डुबेर साथै हैजा ले बाछा सखाप
आनि कतावाट आवोस हाईकु?

बाढी हेर्न आएको मंत्री र उन्को जमात,
साथी रत्ने को घरमा चिया-चमेना अनि खाना।
अंतर्नाद जनता को भीड़ र आशा,
आज सुने,मंत्रीजी लाई कोरोना भो रे,
सबै जनता क्वारेनटाईन मा र स्वाब टेस्ट रे,
आनि कतावाट आवोस गजल?

दुई पटक श्रीमती साथ अयोध्या गएँ
भगवान श्रीराम को जन्मभूमि को दर्सन
आस्था ले नै तृप्त छौ म र श्रीमती,
अचानक सुने,श्रीराम को जन्म अन्त कतै पो रे?
दुःखित छ मन,आस्था मा गहीरो चोट,
आनि कतावाट आवोस छन्द कविता ?

पुरु
गुवाहाटी
18/7/2020

साँप र भ्यागुतो

म स्यानो हुँदाको एउटा दृश्य,
झल्कि रहेको छ आँखामा,
खेत को त्यो पल्लो गरा मा,
सानो सर्प र ठुलो भ्यागुता।

सर्प ले समात्यों पुच्छर तिर,
भ्यागुतो ले तान्यो सर्पलाई,
उ ठुलो दरिलो तर सर्प स्यानो,
खेल चलि रहेथ्यो तानातान को ।

अचम्म को अर्को दृश्य ,
अहिले पनि स्पस्ट छ मेरो नजर मा,
भ्यागुतो ले पनि खान छोडेन ,
अगाडि आयेको किरा-फटेंग्रा,।

जीवन जुद्ध को यो खेल मा,
बिजयी भयो उ,सकेन सर्पले, फुत्क्यो भ्यागुता,
हामी त मानव जीवश्रेठ , मन नमार्ने अब,
करोना को त्रास मा पनि भ्यागुतो झैँ।

पुरुषोत्तम दहाल
बेलतला , गुवाहाटी
12/4/2020