अचानक एउटा काग
बिद्युतपृष्टभै भुँईमा झर्यो।
छटपटाएको काग देखेर
कुक्कुरहरु खान दौड़िए
मैले रोकें निकैबेर कुकुरहरूलाई।
कागहरूले कुरा नबुझेर मलाई घेरे,
एउटा काग मेरो टाउकोमा बस्यो,
मैले कुकुरहरु खेदी रहेँ।
कसैले भने काग बाँछदैन,
दिनुहोस खान लकडाउनको भोको कुकुरहरूलाई,
मैले मानिन, कुकुखरू नजिक आएर भुक्न थाले।
मेरो लुगा पनि टोक्यो एउटा कुकुरले।
एक्छिन पछि काग तंग्रीयो र फुर्र उड़ेर गयो।
कुक्कुरहरूले रिसाएर मलाई दागा धरे,
सायद हेर्छु तँलाई भन्दै गए,
मानिशहरु पनि लाखा पाखा लागे,
अरु काग़हरू पनि बिरामी काग संगै उडेर गए,
कागहरूले मेरो कर्म नै बुझेनन।
मलाईभनि काग तिहार,कुकुर तिहार र
भातृद्वितीयाको याद आयो।
काग कुकुर र मान्छे, एउटा बिचित्र साइनो।
(आजको यो सत्य घटना ले सृजना भएको कथा- कविता)
पुरु
गुवाहाटी
25/7/20