कतावाट आवोस कविता ?

घरवाट निस्कदा मुखमा बाक्लो मास्क
सासै फेर्न हम्मे हम्मे हुने,
पसल वाट आएर लुगा बाहिर
मानौ सक्त हो गृहप्रवेश,
छाला गईसके सेनिटाइजर लगाएर,
आनि कतावाट आवोस कविता?

कोरोनाको हाहाकार, जगजगी,
कोहि साथी कोबिद को चपेटा मा
र पनि राजसेवा गर्नु नै पर्ने,
खिन्न हुन्छ मन र भित्री मान्छे,
त्राहि त्राहि छ जनता र मुलुक,
आनि कतावाट आवोस मुत्तक?

जन्मथलो नगएको दुई वर्ष भो,
हिजो गोठालाले खबर गरे,
गोठ मा कम्बर कम्बर पानी,
खाटमाथि भान्सा, पानी मा गाई- बाछा,
चरन डुबेर साथै हैजा ले बाछा सखाप
आनि कतावाट आवोस हाईकु?

बाढी हेर्न आएको मंत्री र उन्को जमात,
साथी रत्ने को घरमा चिया-चमेना अनि खाना।
अंतर्नाद जनता को भीड़ र आशा,
आज सुने,मंत्रीजी लाई कोरोना भो रे,
सबै जनता क्वारेनटाईन मा र स्वाब टेस्ट रे,
आनि कतावाट आवोस गजल?

दुई पटक श्रीमती साथ अयोध्या गएँ
भगवान श्रीराम को जन्मभूमि को दर्सन
आस्था ले नै तृप्त छौ म र श्रीमती,
अचानक सुने,श्रीराम को जन्म अन्त कतै पो रे?
दुःखित छ मन,आस्था मा गहीरो चोट,
आनि कतावाट आवोस छन्द कविता ?

पुरु
गुवाहाटी
18/7/2020