को लोद्दर?

रिजाल बाहुनदाई को छोरा
रिमझिमे पानीमा
रिजल्ट लिन जांँदा,
रिमालनि आमोई ले
रित्तो गाग्रो बोकेर
बाटो काटिन ,लोद्दर, भन्दै
रिसाएर घरतिर फर्किये।
कालो बन ढाडे
कुखुरा खोज्न गाँउतिर जाँदा
काफले कान्छोलाई देख्ने साथ
कुलंगरे मान्छे को जात, छिः
लोद्दर,नकच्चरो ,लबस्तरो,डाढे
यात्रा नै बिगार्यो मान्छे ले
बाटो काटेर भन्दै
बनतिर फर्कियो

पुरु
अमृतसर
31/5/18

प्रेम मा बाधा

दुई प्रेमी दोधारमा
ग्रह काट्न धारण गरे दुवैले
अनेकौ रत्न,
सुधरेनन ग्रह र माहौल
लागेन काम गुरुको तुक्का को
फुकाले दुवैले रत्नहरु
बरु पहिलेको ग्रहहरु नै
चंगा थियो,
जोड़ी ढुकुर रुख माथि बसेर
यो मानव प्रेमी को प्रेम संघात हेर्दै
सहज प्रेम वाचन गर्ने आग्रह
प्रभुलाई निरंतर रुखमाथिबाट
अनि
पुनरजन्म को आधार लियेर
अर्को जन्म पनि ढुकुर नै हुन
बिन्ति चडाए
अस्तायएको घामतिर हेर्दै।

पुरु
अमृतसर 25/5/18

Happy Mother's Day

बरफ भन्दा छिटो पग्लिने नै आमा,
हावा भन्दा तेज दौडिने नै आमा,
प्रारम्भ र अन्तिम शब्द नै आमा,
जीवन को सर्व ओखति नै आमा।
ओलन को व्यवस्था गर्ने नै आमा,
बुटी ले रक्षा गराउने नै आमा,
तमाम परिस्थिति अंगालने नै आमा
जीवन को प्रति पल मा मकरध्वज नै आमा।
Happy Mother's Day

पुरु
अमृतसर

नियति

गोदार बा का दुईवती श्रीमती,
पाँचवोटि छोरी,चारभाई छोरा,
भान्से दुई जना र गोठाला चार चार,
गाई भैँसी को लम्बे ताँत,
खर्क र घर अगाध जग्गा जमिन,
घोडा मा चडेर हटिया जाने,
मोह नसकिँदा नै नियति ले फ्याँक्यो जाल,
काम लागेन कसै को गुहार,
छःदसक उमेर मा नै आयो तार
नियति को खेल अनंत अपार।

कांछा झाँक्री को एउटि स्वास्नी
जाय-जन्म भयेनन, दोस्रो घरजम गरेनन,
घडेडी मत्तै छ,खेतबारी छैन,
हेने-मेने गरेर राम्ररी गुजरा चल्छ,
उमेरले गर्दा ढाय्ङरो चै छोढेको रे
लागो लाग्छ गाँउ मा नानिहरूलाई निकै,
दिन रात उतै तिर उनि ठिकै,
उमेर झनै झनै सय कांछा झाँक्री को
आयेको छैन तार ,तर उ चैँ तैयार
नियति को खेल अनंत अपार।

मुक्तान माईलो बिहे नै गरेनन,
जवानी जंगल मा आरा काटदै बित्यो,
पहिला गाँजा को लत, फेरि कानि को,
सर्बभोगी भयेर पनि नास्तिक थिएनन्,
उमेर ढल्कियो अब, केहि गुनासो छैन,
भाईको परिवार संग मज्जाले छन उनि,
जवान केटाहरुलाई "म निसफिक्रि" भन्छन,
अनेक सुत्र दिन्छन् ठिटा हरुलाई,ब्रह्मचार्य को,
निसफिक्रि मुक्तान माईलो पनि तैयार
तर आएन तार?
नियति को खेल अनंत अपार।

पुरु
नोएडा
30/4/18

कुँहियेर, रस र खोष्टा

१.सायद तिनै थरि हौ हामी
कुँहियेर को पत्ता झै धार,
उद्दिएको सँधै सँधै समयअनुसार।
२.रस छ हामिमा सारै मिठो,
उत्तम छ यो पिए झनझन मिठो,
सदाबहार छ त्यो गोर्खाली ठिटो।
३.दुखः मा न्आत्तिने रत्तीभर पनि,
खोष्टा नै किननहोस निचोरिएर उनि,
छोडदैन धर्म तमाम आपद मा पनि।।
हजुर,तिनै थरि पो हो सायद उनि।