प्रेम मा बाधा

दुई प्रेमी दोधारमा
ग्रह काट्न धारण गरे दुवैले
अनेकौ रत्न,
सुधरेनन ग्रह र माहौल
लागेन काम गुरुको तुक्का को
फुकाले दुवैले रत्नहरु
बरु पहिलेको ग्रहहरु नै
चंगा थियो,
जोड़ी ढुकुर रुख माथि बसेर
यो मानव प्रेमी को प्रेम संघात हेर्दै
सहज प्रेम वाचन गर्ने आग्रह
प्रभुलाई निरंतर रुखमाथिबाट
अनि
पुनरजन्म को आधार लियेर
अर्को जन्म पनि ढुकुर नै हुन
बिन्ति चडाए
अस्तायएको घामतिर हेर्दै।

पुरु
अमृतसर 25/5/18