नियति

गोदार बा का दुईवती श्रीमती,
पाँचवोटि छोरी,चारभाई छोरा,
भान्से दुई जना र गोठाला चार चार,
गाई भैँसी को लम्बे ताँत,
खर्क र घर अगाध जग्गा जमिन,
घोडा मा चडेर हटिया जाने,
मोह नसकिँदा नै नियति ले फ्याँक्यो जाल,
काम लागेन कसै को गुहार,
छःदसक उमेर मा नै आयो तार
नियति को खेल अनंत अपार।

कांछा झाँक्री को एउटि स्वास्नी
जाय-जन्म भयेनन, दोस्रो घरजम गरेनन,
घडेडी मत्तै छ,खेतबारी छैन,
हेने-मेने गरेर राम्ररी गुजरा चल्छ,
उमेरले गर्दा ढाय्ङरो चै छोढेको रे
लागो लाग्छ गाँउ मा नानिहरूलाई निकै,
दिन रात उतै तिर उनि ठिकै,
उमेर झनै झनै सय कांछा झाँक्री को
आयेको छैन तार ,तर उ चैँ तैयार
नियति को खेल अनंत अपार।

मुक्तान माईलो बिहे नै गरेनन,
जवानी जंगल मा आरा काटदै बित्यो,
पहिला गाँजा को लत, फेरि कानि को,
सर्बभोगी भयेर पनि नास्तिक थिएनन्,
उमेर ढल्कियो अब, केहि गुनासो छैन,
भाईको परिवार संग मज्जाले छन उनि,
जवान केटाहरुलाई "म निसफिक्रि" भन्छन,
अनेक सुत्र दिन्छन् ठिटा हरुलाई,ब्रह्मचार्य को,
निसफिक्रि मुक्तान माईलो पनि तैयार
तर आएन तार?
नियति को खेल अनंत अपार।

पुरु
नोएडा
30/4/18