आमाको मुख हेर्ने दिन

 आमाको मुख हेर्ने दिन

*****************

मैले

आमाको मुख हेर्ने दिनमा

दिवङ्गत आमालाई सम्झिएँ निरन्तर।

तुनो फाटेको चौबान्दी

अलिकति डडाँल्नो फाटेको चोली

त्यहीबाट सुर्ज्यले विटामिन डी निरन्तर बर्साएर

जीवन्त गरेको त्यो शरीर

सिन्दूर लगाएर घाउ भएको सिउँदो

जाडोमा फाटेका कुर्कुच्चा र औंलाहरू

दुई दुई वर्षमा जन्माएका सात वटा सन्तान।

आज सुन्दर रंगीन बनाएर राखेको छु

आमाको तस्वीर त्यो प्रतेक कोठामा

कसरी हेर्नु होला मुख मात्र आमाको

त्यो जीवन्त फोटो

पूजा कोठामा पाञ्चायनको साथ

बसेकी छिन् हाम्री आमा।

कठै मेरी आमा!

बरै मेरी आमा!


पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

३०/४/२२