सावधान!थेत्तरो भाइरस!

 सावधान!थेत्तरो भाइरस!

******************

नजर लागेछ क्यार कसैलाई

न कसैलाई आँखा झिम्काएँ

"न आई लव यू नै"भने

सालिनता मा नै थिएँ जस्तो लाग्छ

तर मन खोलेर कुरा गरें

प्रेमील र मायाँको

अहैतुक प्रेम,स्वच्छ निर्मलको

दुःख र सुखका,राग विरागका

युद्ध ,वियोग अनि घात प्रतिघातका

गोठ गोठालाका,दुध कुराउनीका

पुस्तक लोकार्पणका

अतिथि सँगको मेल मिलापका

काव्य गोष्ठीका

नेता ,चाप्लुसीका

डल्ली र कान्छीका

बिर्खे ,रामे डल्ले र चुप्पेका

केही बिगार गरे जस्तो त लाग्दैन

किन हिजो "झण्डै भाइरस पसेको"

के खोजेको होला भाइरसले

मलाई भताभुङ्ग गरेर के नै भेट्थ्यो होला!

कविता बाहेक!

सायद कविता देखेर रूचाएन होला पस्न

या कतै मिठो लागेर रसपान गर्न पो

पसेको हैन हौ!

होस गरौं स्रष्टाहरू!

भाइरसको नजर हामीमा रहेछ!

सकेन उस्ले छताछुल्ल पार्न

सक्दैन पनि

लौ बधाई स्रष्टाहरूलाई

लेखौँ ,खुब लेखौँ।

नाथे कविनै पो भेटेनछ

आक्रमण गर्ने!थेत्तरो।


पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

१०/५/२२