बल्छी

 बल्छी

*****

मैले तिमीलाई भेट्न

न बल्छी नै थापेँ

न चारो नै हालेँ

न कुरेर बसें 

न पासो नै थापेँ

न रोजी नै हिँडे 

जसरी शुक्लपक्ष आउँछ

त्यसरी नै आयौँ तिमी

आएन जीवनमा कहिल्यै कृष्णपक्ष

नआवोस जीवनमा कसैको कृष्णपक्ष

आकाशले देख्यो

धरतीले रोज्यो।

मैले तिमीलाई भेट्न

न बल्छी नै थापेँ

न चारो नै हालेँ

न पासो नै थापेँ

बाबुको कर्म,आमाको धर्म

शुक्लपक्ष पाएँ।


अन्तरे दाहाल

गुवाहाटी, आसाम

२/५/२२