फोटाहरु बोल्छ भन्छन

 फोटाहरु बोल्छ भन्छन

*****************.

म जब भेन्टिलेसनमा थिएँ

काम लागेनन् कुनै फोटाहरु

महामहिम सँग लिएको फोटो होस

या

कुनै चलचित्रको नायिकावसँगको

निकै सँगको फोटो छ मेरो एल्बममा

अनेकौ राजनेता सँगको खिचिक्क गरेको।

मलाई प्लाजमा दिने दुई व्यक्तिहरू

देख्न पाइन मैले,छैनन् उनीहरूको फोटो

निको भएपछि भेट्ने इच्छा जाहिर गरें उनीहरूलाई

भ्याएनन् उनीहरू

"हामीले प्लाजामा दान गरेको हो

हाम्रो काम सकियो, भेट्ने समय छैन

शिघ्र स्वास्थ्यलाभको कामना भनेर"

कुरा टुङ्ग्याए।

मैले आफैं खिचेका केही फोटाहरु

बाढीको,उखु पकाएको

त्यो सिमलको रुखमा मौरी काड्न

गोले बा ले बनाएको बाँसको लामो सिँडी

बाल्य सखाले माछा मारेको लगायत

अनेकौ दृश्यहरु सारै याद आए

मन भुलाएँ सम्झिएर

काम लागेनन् ठुला व्यक्तिहरुसँग खिचेका

तमाम फोटाहरु 

दुःखका दिनहरुमा।