ए बाबाठाकुरे!
**********
आमै यो राघवे हो?
कत्रो भएछ, सानैमा देखेको
ऊनी उस्को बुहारी हुन?
हिजो अस्ति जस्तो लाग्छ
डाक्टर पो भएछ!
ए बाबाठाकुरे!
लौ यो मुक्तान माईलाको छोरो हो?
माईला र म सँगै गाई हेर्न जान्थिउँ
मलाई पौडी खेल्न उसैले सिकाएको
छाडा कुरा पनि निकै सिकायो सानामा
हेर त! छोरा छोरी नाती नातिना
अहिले जस्तो लाग्छ,
ए बाबाठाकुरे!
मञ्जरी त अहिले पनि जस्ता को तस्तै
दाउरा लिन जङ्गल जाँदा
नाम्लो डोको मिलाई दिने म
कहिले काँही रिसले मलाई
बाहुन काठा!पनि भन्थि
भागेर विहे गरेकी,सानामा सारै राम्री
हेरन आँखा उस्को जस्ताको तस्तै
ए बाबाठाकुरे!
आमै!यो फूलतुली हो?
स्कूलमा हामी सँगै बस्थिउँ
बाबु चिया बगानमा काम गर्थे
खैनी खान मलाई पनि सिकाई
चित्र बनाउनमा अब्बल ऊ
निकै उमेर भएको पो देखियो
चिमोटथी मलाई बेला बेला रिस उठ्दा
नाती फौजीमा भर्ति पो भएछ
ए बाबाठाकुरे!
प्रभु!यो गोदार माइलो हो?
ऊ र म गोठ जाँदा एकदिन
डुङ्गा नै डुब्यो
"अन्तरे डुङ्गा नछोड" भनेर चिच्यायो"
मैले छोडिन् डुङ्गा
मेरो जीवन रक्षक ऊ
मछुवाले उद्दार गरे हामीलाई!
दमको बीमारले भेटेछ अहिले
तर अझै पुष्ट र बलियो र रसिक।
ए बाबाठाकुरे!
पुरुषोत्तम उपाध्याय दाहाल
बेलतला
गुवाहाटी
6/9/21