नियति

गोदार बा का दुईवती श्रीमती,
पाँचवोटि छोरी,चारभाई छोरा,
भान्से दुई जना र गोठाला चार चार,
गाई भैँसी को लम्बे ताँत,
खर्क र घर अगाध जग्गा जमिन,
घोडा मा चडेर हटिया जाने,
मोह नसकिँदा नै नियति ले फ्याँक्यो जाल,
काम लागेन कसै को गुहार,
छःदसक उमेर मा नै आयो तार
नियति को खेल अनंत अपार।

कांछा झाँक्री को एउटि स्वास्नी
जाय-जन्म भयेनन, दोस्रो घरजम गरेनन,
घडेडी मत्तै छ,खेतबारी छैन,
हेने-मेने गरेर राम्ररी गुजरा चल्छ,
उमेरले गर्दा ढाय्ङरो चै छोढेको रे
लागो लाग्छ गाँउ मा नानिहरूलाई निकै,
दिन रात उतै तिर उनि ठिकै,
उमेर झनै झनै सय कांछा झाँक्री को
आयेको छैन तार ,तर उ चैँ तैयार
नियति को खेल अनंत अपार।

मुक्तान माईलो बिहे नै गरेनन,
जवानी जंगल मा आरा काटदै बित्यो,
पहिला गाँजा को लत, फेरि कानि को,
सर्बभोगी भयेर पनि नास्तिक थिएनन्,
उमेर ढल्कियो अब, केहि गुनासो छैन,
भाईको परिवार संग मज्जाले छन उनि,
जवान केटाहरुलाई "म निसफिक्रि" भन्छन,
अनेक सुत्र दिन्छन् ठिटा हरुलाई,ब्रह्मचार्य को,
निसफिक्रि मुक्तान माईलो पनि तैयार
तर आएन तार?
नियति को खेल अनंत अपार।

पुरु
नोएडा
30/4/18

कुँहियेर, रस र खोष्टा

१.सायद तिनै थरि हौ हामी
कुँहियेर को पत्ता झै धार,
उद्दिएको सँधै सँधै समयअनुसार।
२.रस छ हामिमा सारै मिठो,
उत्तम छ यो पिए झनझन मिठो,
सदाबहार छ त्यो गोर्खाली ठिटो।
३.दुखः मा न्आत्तिने रत्तीभर पनि,
खोष्टा नै किननहोस निचोरिएर उनि,
छोडदैन धर्म तमाम आपद मा पनि।।
हजुर,तिनै थरि पो हो सायद उनि।

बांँस को पिचकारी

अगेना को र कराई को मोसो,
फागु मा खेलेको,याद छ मलाई,
तिमीले चौलानी पानी मा नै काम चलायेउ,
म बयेर रुख माथि छडेँथे,सकिनौ तिमिले छेप्न,
मैलेपो रुखमाथिबाट नै छ्यापेँ तिमिलाई बेस्सरि,
कहाँ गए ति दिन र कहाँ छौ तिमि?
बाडुलि लागेर मेरो याद आए ,
तल को नंबर मा फ़ोन गर है,
चिनेउ मलाई?म अंतरे दाहाल,,
गुरु बा को छोरो, धौला को।
(होली को पावन अवसर मा शुभकामना सबैलाई)

पुरु
अमृतसर
3/3/18

আমাৰ বাৰীৰ উৰীয়াম গছজোপা

ককা দেউতা আৰু দেউতাই মিলি ৰুৱা,
নলীনাদৰ ওচৰত থকা উৰীয়াম গছজোপা,
আসীৰ দেউনা পাৰ হল চাগে,
সাক্ষী হৈ ৰৈ আছে এই বুড়া বয়সতো
মন মাৰি থাকে ,বুড়া চামক নেদেখি।
এদিন মাঁয়ে কৈছিল গছজোপা কাটিবলৈ,
বুলো ছাঁৰ বাবে খেতি নহয় বাৰীডৰাত,
দেউতাই মানা কৰিছিল আমাক "খবৰদাৰ"
দেউতা আৰু মই মিলি ৰুৱা গছজোপা,
"দেউতা আৰু মোৰ ভাবুক সন্মধক
নামাৰিবি বোপাই" !
এতিয়াৰ চামে নাজানে এই তিনতৰপিয়া
অনুভূতি আৰু তাৰ ঘাত-প্ৰতিঘাত ।
সৌ সিদিনা মোৰ লৰাই ফোন কৰি কয়,
পাপা গছজোপা কাটি খৰিৰোৰ বেচিদিম নে কি
স্কুলৰ মিড -ডে ৰান্ধনী শালত?
মাঁ ,দেউতা আৰু ককাদেউতাৰ মৃত্যুৰ পাছত
এই তপস্যী গছজোপাক আমি নতুনচামৰ পৰা
বচাব নোৱাৰিম চাগে।

পুৰুষোত্তম উপাধ্যায়
অমৃতসৰ
পঞ্জাৱ

12/2/2018

स्मृति पटल 2 - लाले गोरु

घटना म क्लास आठ मा हुँदा को हुनु पर्छ।हाम्रो रातो गोरु लाले हराएको थियो।बाँध पारि चर्रन्न गएको नअएको चार- पाँच दिन भएको थियो।तेतिखेर गड जंगल भन्ने ठुलो नरकट घारि र जंगल मा गाई गोरु उतै हराउँथे चरथे र खोजेर ल्याउनु पर्थयो।कोई कोइ त हराउँथे पनि।तिहार सकिएको बेला थियो।जाड़ो पलाएको थियो।घरमा गाई गोरु हराउँदा माताजी सारै दुखी हुनु हुन्थ्यो।गृहस्थी को खेती को साधन, आठ-नौ जाना को जहांन अनि पशु हराये कस्तो चिंता हूंदो हो।फेरि भनौ लाले घर को जौडे गोरु ।मलाइ एकदिन बिहानै गोरु खोजन्न जान को लागि पठाउनु भयो गड जंगल मा। दही-चिउरा खान दिनु भयो।ख़ुकुरी दिनु भयो भिर्न,अनि अलिकति चिउरा र चीनी गामछा मा पोको पारेर दिनु भयो बाटो मा खान।यात्रा दुर्गम थियो।हिलो -पानी खोला कटेर जंगल सम्म पुग्नु पर्ने।जंगल मा हिड्दा नरकट को टुप्पा ले घोचत्यो।बिहान करीब 7 बजे हिडेको म त्यो अटब्य जंगल मा पुगेर बाटो भुलेर जंगल भित्रै भूल भुलैया मा घुमि रहेको थिँए।करीब 4/5किलोमीटर हिडि सके पछि म थाँके ।दिनको करीब 3 बजेको हुनु पर्छ म थाँके र बडेरा को टूसा खान मन लाग्यो र अलिक पर वडेरो घारितिर लाँगे।चिंता पनि लागि रहेको थियो।बाटो भेटिएन भनि राति कसरि काटने को चिंता ले सताउन थालेको थियो।सलाई बोकेको भये पनि त राति आगो जलाएर बसन्न हुने थियो आदि नाना सोचहरु मनमा आउन थाले।थाकेर लखतरान भएको थिए।माताजी ले पोको पारेर दियेको चिउरा त उहिले खाई सकेको थिँए।त्यो जमनामा पिउने पानी, टिफिन बोकन्ने चलन नै थिएन।खोला मा गयो अंजुली ले पानी मनभरेर पियो।लखतरान भयेर जंगल मा निस्किने बाटो को खोजी मा थिँए।सनामा म साहसी हुनाले हुनर वाला काम मा माताजीले मलाई नै पठाउनु हुन्थ्यो ।साहसी भये पनि अब चै डर-डर लाग्न थालेको थियो।हरेश खाई सकेको थिए जंगलभित्रै ,

अचानक मैले जंगल को बीच मा एउटा मछुवा को टुंशिघर(खोला माथि बांस गाडेर मछुवारे ले बनाएको चां घर,) देखेँ ।मेरो शरीर मा प्राण संचार भयो।घर मतै देखिन्थ्यो मान्छे नदेखेको हुनाले त्यो घर तिर लाँगे।स-सना हिले खोला तरेर त्यो टुंशिघर तिर जानु पर्ने।माथि मनिशहरुको निकै आवाज़ आई रहेथ्यो।सीढ़ी चडेर माथि जाँऊ नजाँउ भँए।एतिकै मा माथिबाट एउटा मान्छे ले मलाइ देख्यो।मैले हाफ पैंट लगाएर कम्बर मा ख़ुकुरी भिरेको थिँए।मेरो लखतरान शरीर देखेर एउटा ले माथि नै बोलायो।डर डर ले सीढ़ी चडेर माथि गएपछि त्यहाँ को त्यो दृश्य देखेर म अबाक भँए।करिब 11 जना जति मनिशहरु थिए।माछा-भात पाकि रहेको थियो कराई मा।म झसंग भँए मेरो एकजना शिक्षा गुरु पनि त्यहाँ हुनुहुन्थ्यो।सबै तिन पत्ति खेलन ब्यस्त।घर भित्रै खाने-सुत्ने ब्यवस्था देखिन्थ्यो।सायद उनीहरु 3/4 दिन देखि नै त्यहाँ अखंड ताश खेली रहेको होलान।धौला बाजार का नाम कहलाएका केहि ब्यक्ति हरु पनि थिए।त्यो जंगल को बीच पुलिस को केहि डर थिएन, तिहार मनाएका होलान मस्त तरिकाले। पिकनिक र जुवा दुवैवोटा को संगम थियो त्यहाँ।मलाई राम्रो स्वागत गरे ,टन्न माछा भात खान दिए।उनिहरुले मेरो बिजोक बुझेको थिए।एउटा सानो केटो देखेर भन्यो"आमा बाबू पनि कस्ता, बालख लाई एक्लै जंगल मा पठाएको भनेर"।अंतमा उनीहरुले मलाई रु 5/ (त्यस समय को रु 5 निकै मुस्तक रकम हुन्थ्यो)पनि दिए र यो ताश खेलको कुरो कसैलाई न-भन्नु भने। हाम्रो बुबा पण्डित हुनाले सबैले चिन्थे।उनीहरुले पण्डित को छोरा भनेर पनि जाने।उनिहरुले एकजना मछुवारे लाई मलाई खेरबारी भन्ने ठाऊँ सम्म पुराई दिनु भनेर सँगै पठाये।बेलुकी हुन लागेको थियो।खेरबारी बाट घरतिर कुदेर हिलो-पानी कटदै जान थाँले।माछा भात हसुरेको ताकत थियो शरीरमा।
घर छेउ मा पुग्दा साँझ परि सकेको थियो।माताजी बाँध मा बसेर मलाई कुरी रहनु भएको थियो।छोरा लाई एक्लै जंगल पठाएको मा दुःख गर्दै हुनु हुन्थ्यो रे।(पछि गाँव का ले मलाइ भनेका)।म घर पुँगे।।
****बि:द्र:यो घटना लगभग 38 वर्ष अघि को हो।प्रकितिक कारण (उलाऊ -पानी) ले गर्दा त्यो ठाऊँ
को भौगोलिक परिवर्तन भयो। खोला हरु प्रायः पुरिये,जंगल नासिये।नया नया घर बसिए।बर्सेनि अएको उलाऊ ले नदी को बाटो नै बदलियो।अहिले भारत को सबै भन्दा लामो पुल "भूपेन हजारिका सेतु",धौला सदिया पुल यसै ठाउँ को छेवैमा छ।पुल हाम्रो घर बाट प्रायः500 मिटर को दूरी मा छ।****पछि त्यो लाले गोरु काटापलांग भन्ने ठाउँ मा भेटियो।