अचानक मैले जंगल को बीच मा एउटा मछुवा को टुंशिघर(खोला माथि बांस गाडेर मछुवारे ले बनाएको चां घर,) देखेँ ।मेरो शरीर मा प्राण संचार भयो।घर मतै देखिन्थ्यो मान्छे नदेखेको हुनाले त्यो घर तिर लाँगे।स-सना हिले खोला तरेर त्यो टुंशिघर तिर जानु पर्ने।माथि मनिशहरुको निकै आवाज़ आई रहेथ्यो।सीढ़ी चडेर माथि जाँऊ नजाँउ भँए।एतिकै मा माथिबाट एउटा मान्छे ले मलाइ देख्यो।मैले हाफ पैंट लगाएर कम्बर मा ख़ुकुरी भिरेको थिँए।मेरो लखतरान शरीर देखेर एउटा ले माथि नै बोलायो।डर डर ले सीढ़ी चडेर माथि गएपछि त्यहाँ को त्यो दृश्य देखेर म अबाक भँए।करिब 11 जना जति मनिशहरु थिए।माछा-भात पाकि रहेको थियो कराई मा।म झसंग भँए मेरो एकजना शिक्षा गुरु पनि त्यहाँ हुनुहुन्थ्यो।सबै तिन पत्ति खेलन ब्यस्त।घर भित्रै खाने-सुत्ने ब्यवस्था देखिन्थ्यो।सायद उनीहरु 3/4 दिन देखि नै त्यहाँ अखंड ताश खेली रहेको होलान।धौला बाजार का नाम कहलाएका केहि ब्यक्ति हरु पनि थिए।त्यो जंगल को बीच पुलिस को केहि डर थिएन, तिहार मनाएका होलान मस्त तरिकाले। पिकनिक र जुवा दुवैवोटा को संगम थियो त्यहाँ।मलाई राम्रो स्वागत गरे ,टन्न माछा भात खान दिए।उनिहरुले मेरो बिजोक बुझेको थिए।एउटा सानो केटो देखेर भन्यो"आमा बाबू पनि कस्ता, बालख लाई एक्लै जंगल मा पठाएको भनेर"।अंतमा उनीहरुले मलाई रु 5/ (त्यस समय को रु 5 निकै मुस्तक रकम हुन्थ्यो)पनि दिए र यो ताश खेलको कुरो कसैलाई न-भन्नु भने। हाम्रो बुबा पण्डित हुनाले सबैले चिन्थे।उनीहरुले पण्डित को छोरा भनेर पनि जाने।उनिहरुले एकजना मछुवारे लाई मलाई खेरबारी भन्ने ठाऊँ सम्म पुराई दिनु भनेर सँगै पठाये।बेलुकी हुन लागेको थियो।खेरबारी बाट घरतिर कुदेर हिलो-पानी कटदै जान थाँले।माछा भात हसुरेको ताकत थियो शरीरमा।
घर छेउ मा पुग्दा साँझ परि सकेको थियो।माताजी बाँध मा बसेर मलाई कुरी रहनु भएको थियो।छोरा लाई एक्लै जंगल पठाएको मा दुःख गर्दै हुनु हुन्थ्यो रे।(पछि गाँव का ले मलाइ भनेका)।म घर पुँगे।।
****बि:द्र:यो घटना लगभग 38 वर्ष अघि को हो।प्रकितिक कारण (उलाऊ -पानी) ले गर्दा त्यो ठाऊँ
को भौगोलिक परिवर्तन भयो। खोला हरु प्रायः पुरिये,जंगल नासिये।नया नया घर बसिए।बर्सेनि अएको उलाऊ ले नदी को बाटो नै बदलियो।अहिले भारत को सबै भन्दा लामो पुल "भूपेन हजारिका सेतु",धौला सदिया पुल यसै ठाउँ को छेवैमा छ।पुल हाम्रो घर बाट प्रायः500 मिटर को दूरी मा छ।****पछि त्यो लाले गोरु काटापलांग भन्ने ठाउँ मा भेटियो।