मित्रता दिवस - अभिनंदन जानाँउ कसरि?

दुखःका र सुखका हज्जारौ दिनहरुमा,
कतै बगर मा,कतै खोला मा,
थिए अनंत साथीहरु, न हिउँद न वर्खा,
न शरत, न शीत न वसंत, खै कहाँ होलान आज ति,
यो मित्रता दिवस मा?
न फेसबुक मा, न मोबाइल मा,
अभिनंदन जानाउ कसरि?
मलाई नदी मा डूबन बचाऊने साथी परांग ठुले,
पौड़न सिकाउने हेंजन माइलो,
रुख चर्डन सिकाउने कालीनाथ
र हलो जोतन्न सिकाउने सुक्करु ,
कहाँ होलान आज,कसरि अभिनंदन पठाँउ प्रभु?
बयेर र बिमिरा टिप्न लाने साथीे नेवार कांछी
माछा मार्न सिकाउने घीसिंग ठुली अनि
नाउ र ढिकी चलाउन सिकाउने खत्री माइलो
कहाँ होलान आज,कसरि अभिनंदन पठाँउ हरे?
गाँस र बास को शमशय्याले तेतिखेर नै लाखा-पाखा
लागेका थिए इनिहरुका आमा-बुबा,
खै यो आधुनिकता ले नै नछोएको ई मेरा मित्रहरु,
कहाँ होलान आज ,सायद थाहा नै छैन उनिलाई
कस्ले सुनाइदेला मेरो यो सन्देश, मित्रताको,
कहाँ होलान आज,कसरि अभिनंदन पठाँउ प्रभो? सुभकामना सुभसन्देश र मंगलकामना,
यो मित्रता दिवस मा तमाम हृदयभरिको।
(फेसबुक का तमाम मित्रहरुमा "मित्रता दिवश" को सुभकामना)

पुरु
अमृतसर
6/8/17

एसबेला मधेश नजाउँ होला भेटघाट गर्न

बाबु-आमा खसे पच्छी को धोको,
मधेश जाने आफन्त हरु भेट्न,
छन र को पो अहिले मधेश मा,
सबै विदेश तिर, कोहि पड़न कोहि रोज़ी रोटी मा
एसबेला मधेश नजाउँ होला भेटघाट गर्न।

भानीज़ दुइजना,एकजना ऑस्ट्रेलिया, अर्का नरवे,
सानिमा को छोरा बुहारी र नानिहरु हाल लंदन मा,
बाल्य बंधु शेर्पा हाल काठमांडु बाट ऑस्ट्रेलिया मा
अनि सानिमा को छोरा देबु पनि हाल अमेरिका मा
एसबेला मधेश नजाउँ होला भेटघाट गर्न।

फेरि भनौ सकुन्तला भाउजु र दाजु पनि हिजोआज
छोरा -बुहारी, नाति-नातिना सँगै अमेरिका मा,
भतीजी सुषमा पनि ईटहरी बाट ऑस्ट्रेलिया मा,
सानिमा को अंतरे छोरा पनि हाल थाईलैंड मा
एसबेला मधेश नजाउँ होला भेटघाट गर्न

मितबा खसे पछि मित-आमा त हुनुहुन्त्यो धरान मा
उनि पनि पो अहिले छोरा-बुहारी संग कनाडा मा
प्रभु भांजा र मीना भांजी पनि हाल विदेश मा
खल्लो खल्लो पो छ त एसबेला मधेश
एसबेला मधेश नजाउँ होला भेटघाट गर्न ।

कोहि भतीज-भातिजी हरु पढ़ाई गर्न इंडिया मा
काका-काकी ,बाहुन दाजु पनि तिर्थ गर्न काशी मा,
पिताजी को माईजु पनि सारै वृद्धा ,लेटाङ्ग मा,
सानै मा मामा खसेर बिधवा माईजु माईत मैं,
हामि ससाना हुदै आउनु भो लेटाङ्ग
आँखा नै देखन्नु हुन्न रे ,छाम -छूम गरेर मलाई
पुरु हो भन्दा म रुंछु होला,सायद उनी पनि,
सबै भेला भएको बेलामा मधेश यात्रा गरु भनेको,
एसबेला मधेश नजाउँ होला भेटघाट गर्न।

पुरु
अमृतसर
30/7/2017

रमाइलो त परदेश मा पो हुन्छ।

न देख्छन कसैले ,न डर कसैको,
जे खाये पनि ,जे लाये पनि,मग्न र मस्त
रमाइलो त परदेश मा पो हुन्छ।
बाबू ले ऋण काडेर
आमा को गहना र कल्ली समेत बेचेर
लइनो गाई दुई दुई वोटा अनि
आफ्नो माटो सबै बंघक दिएर
पठाएको परदेश ठुलेलाई
फोन त गर्छ कहिलेकहि तर
कमाई छैन भन्छ ,
रमाइलो त परदेश मा पो हुन्छ।

हुनेवाला ससुराली लाई पनि छोडेंन
उतावाट पनि निकै रकम माँगेको बुझिन्छ
साथीहरु त ठुले को कमाई निकै छ भन्छन,
न पैसा पठाउछ, न ऋण तिरने कुरो गर्छ,
रमाइलो त परदेश मा पो हुन्छ।

घरमा दुइवोटी वहिनि, ठुली बीस बर्ष कि,
अझै महीनावारी भएको छैन,
डॉक्टर को भनाई आपरेशन गरे निको हुन्छ ,
रकम चाहिन्छ निकै, ठुले को बाबू -आमा आसामा
अब कहिले रुपैया को प्रवन्ध हुन्छ?
रमाइलो त परदेश मा पो हुन्छ।

घरका सबैले सोमबारे ब्रत लिन थाले
यहि श्रावण महिना बाट,
ठुलेको राम्रो होस,ऋण तिरिवोस ,
कसैले भनेछ ठुले त लसकेको छ उतै को केटिसँग
हरे शिव अब के के हुन्छ?
रमाइलो त परदेश मा पो हुन्छ।

पुरु
अमृतसर
26/7/2017

बाबु

म भन्दा उच्च हुन छोरा छोरी भन्ने नै बाबु
समय खेर नाफालेश है नानीहो ,भन्ने नै बाबु,
स्थान काल पात्र हेरेर काम गरेश है,भन्ने नै बाबु
अन्याय को बिरोध गर्न नडरायेश है भन्ने नै बाबु,
घर परिवार, दाजु -भाई दिदी- बहिनी,सबै मिलेर बसे
लक्ष्मी को बास हुन्छ है भन्ने नै बाबु,
यात्रा मा खुकरी बोन्न नभुलेश है नानी ,भन्ने नै बाबु
राजसेवा गर्दा घूश नाखायेश है,भन्ने पनि बाबु,
कायर हुनु भन्दा मरनु नै निको भन्ने नै बाबु
आपद मा जिउ ,अनिकाल मा बिउ जोगाउनु भन्ने पनि बाबु।
मानिश जातले होइन कर्म ले ठुलो हुन्छ,भन्ने नै बाबु।
नदी,बैद्य, बिद्वान,दानी नभएको ठाऊँ मा
घर नागरेश है भन्ने नै बाबु।
खालि पेट ले यात्रा नागरेश नानी हो भन्ने पनि बाबु,
संपूर्ण परिवार समेत इस्ट-मित्र को ख्याल राख्ने नै बाबु,
परम पिता परमेस्वर नै हुनुहुदो रहेछ बाबु।

पुरु
अमृतसर
18-06-2017
Father's day को उपलक्ष मा समर्पित

हजुर,नमामि त ब्रह्मपुत्र नै हुन

नदी हरुमा पुं लिंग
तमाम प्राणीहरुको धरोहर
उर्बर जमिन छेउ छाउ मा
जन्म देखि मृत्यु सम्म को आधार
हजुर ,नमामि त ब्रह्मपुत्र नै हुन।
वर्खा को रूप उग्र भये पनि,
लेदो ले जमिन उर्बर हुने
उलाऊ ले जान माल गए पनि स्वाहा भनिने,
पुनर उत्थान हुने , स्नान मात्रै मा मोक्ष हुने
हजुर, नमामि त ब्रह्मपुत्र नै हुन।
बाबु ले बारंबार भनेको "मेरो अस्तु नलगेस है छोरा"अंत कुनै ठाँउ मा
यहि ब्रमपुत्र मा सेलाये हुन्छ, यो सागर मा मिल्छ,
त्यसै गरेँउ हामीले, त्यसैले होला
हजुर, नमामि त ब्रह्मपुत्र नै हुन।
हाम्रो प्रारंभ नै ब्रह्मपुत्र को छेउ,
गोठ बाट नै प्रारंभ नया जीवन, पछि अनि प्रगति ,
सुख दुखः को लामो अंतहीन गाथा
डूबे जो जो भये मोक्ष,बाँचेका जति भये बज्र
हजुर, नमामि त ब्रह्मपुत्र नै हुन।
साहित्य एकाडेमी ले पनि सर लीलबहादुर को
" ब्रह्नपुत्र को छेउ छाउ"पुस्तक नै रुचाए,
ब्रह्नपुत्र को छेवैमा भयो सबै जातिको महामिलन
चीन बाट बंगोपसागर सम्म को लामो यात्रा ले होला
हजुर, नमामि त ब्रह्मपुत्र नै हुन।

पुरु
अमृतसर
4/4/17