भेलेंनटाईन डे रे ,नेपट्टी को गनगन

माया गर्छु भनेर भन्नु पर्ने रे,
उपहार ले स्वागत गर्नु पर्ने रे!
नेपट्टी को चुल्ठो मा नै मख्ह परेर
बिर्खे ले प्रेम याचना गरेको,
आज भात मा कपाल एक भेटदा
रिसाले चुर चुर हुन्छ बिर्खे,
नेपट्टी लाई अझै झलझलि याद छ
भेलेनटाइन मा बिर्खे ले दामी फुल दिएको
हुदैन होला है यस्तो प्रेम दिगो,
भए त बेस नभए त गुनासो अनेक।

पुरु
बस यात्रा मुंबई-पुणे
14/2/17

असल प्रेमी जोड़ी मा समर्पित

धने छेउ मा थिएन आमा है खसद्दा,
बाबु सारै हुदा पनि भ्याएन आउन।
आज एक मुस्त गिफ्ट लिएर जादैछ भेट्न,
मानौ प्रेमिका को चुल्ठो समातेर लाइ भन्न -
म असाध्य माया गर्छु भनेर।
माया गर्छु भन्नु त हो असाद्दे राम्रो,
गरेर देखाये हुन्छ, भन्नु पो त नराम्रो।


पुरु
पुणे, महाराट्र, 14/2/2017

खै,फोटाहरु?

घर छोडेको छ मैना पो भयो,
कत्ति भने मैले खै,फोटाहरु?
सानो मा नै ल्याएको छाउरोको,
नुहाईदिंदा छै, भंथे सबै,
अहिले भुक्छ रे राति,सबै खुस,
तेतिखेर रोपेको रुखको बिरुवा
अगरु,अमला र चंपा फूल को,
ठिकै छ बिरुवा भन्छन,छैन फोटो
तिहारमा गाईबाछी पुजेको फोटो,
दुहुने छ भन्छन ,छैन फोटो,
रोपेको तुलशी राम्रारि झांग्यो रे
छैन है फोटो,नेट नै चल्दैन रे
तर नेट पैक त मुस्त हालछन।
आज माइला लाई सुटुक्क भने
गयेस त माइला, फोटो पठायेश
म आएपछि दामिभोटका दिऊला,
आऊला कि त फोटो?
कि चाकरै बिना ओइलाये इनिहरु?
घर छोडेको छ मैना पो भयो,
कत्ति भने मैले खै,फोटाहरु?

लेखन त खोज्छु मनको वह

लेखन त खोज्छु मनको वह
नाबुझी अरूले अट्टहास् गरल्ला
कवि छन हाम्रा सारै नै राम्रा
पड़ीदिने मनले को हुन्छ होला
तै पनि लेख्छन बिक्दैन पुस्तक,
क कस्ले आज सुनिदिने होला;
समय नै छैन अध्ययन गर्न
भाषालाई कस्ले अंगालने होला
तड़पन र रोदन यो मेरो मनको
बुझीदिने मानिश को हुन्छ होला।

बूझीदिने मानिश को हुन्छ होला

समय नै छैन हाम्रो है आज
भाषालाई कस्ले अंगालने होला,
लेखन नै भूल्योउ पड़ननै भूल्योउ
जोगाड़ कस्ले गरिदिने होला,
पुस्तक लिई हिडे है लेखक
क कस्ले अब किनिदिने होला
तड़पन र रोदन यो मेरो मनको
बूझीदिने मानिश को हुन्छ होला।
कबिता लेख्छु मुस्तक हुन्छ,
गजल लेख्छु खिचड़ी हुन्छ,
लेखन त खोजछु सकेेभर राम्रो
तैपनि सिमित ज्ञानले रोक्च,
कोशिस गर्न नचछोडौ हामी
भाषा को काख न्यानो नै हुन्छ!
बिस्तृत जाति बिस्तृत भाषा
संगालि दिने को हुन्छ होला,
तड़पन र रोदन यो मेरो मनको
बूझीदिने मानिश को हुन्छ होला।