को मतवाली???

जंगल मा निगुरो टिप्न जांँदा आज
अचानक सर्प छेउ मा आएर भन्यो
"मेरो बिष छैन त किन मार्छौ तिमिहरु"?
देख्न साथ लाठो र मुन्ग्रो गर्छौ।
म चुप्प लाँगे किनकि परार सर्पले डस्दा
म मरेको थिँईन,जस झारफुक गर्ने ले पाए।
प्राणीहरुको ब्यथा सुन्न गारो भयो ,
म घरतिर फर्किनु निको ठाने।
बाटामा बाल्यबंधु मुत्तान कान्छो,
खाएर फिटिंग भयेर आँउदै थियो,
मलाई देख्न साथ भन्यो
पोहोर तेरो आमा ले मलाई
"ए मतवाली नानी "भेनेर भन्यो,
तँ राति धोक्छस ,म दिउँसो
त्यसैले म मतवाली?
बाहुन काठा,निकै को छस तँ।

पुरु
अमृतसर
28/8/18

सिमल,वर-पीपल आँप र बेल

जोड़ी वर-पीपल ले अट्टहास मा,
सिमललाई एक्लो देखेर
हिजड़ा भनिदियेको मा,
बबाल छ आज।
सिमलले पनि बाँझो बाँझी
भनि जबाब ठोकेछ
वर-पीपललाई' लाखेस
निःसन्तान तिमिहरु दुवै भन्दै,"।
आँप ले पनि ,पत्ता मेरो,समिदा मेरो,
फल मेरो र कोमल छाँया पनि मेरो
र गफ तिमिहरुको,थेत्तरा ,मर्ज्यदा राख,
भनि फलाकेछ सबैलाई।
बेलको रुखले यि सबै सुनेर करायो,
हामि आफन्त मा झगड़ा नगरौ,
एउटै नौका को सहयात्रि हामि,
काट्ने ताक मा छन रे महामानव,
हिजै क़ुरा गर्दै गए ति ,
सायद बनाउँछ होला ऑक्सीजेन,
कॉर्बनडाईऑक्साइड बाट,
गफै को भरमा, मास्सीने मेलो
उस्को सायद, हामि भन्दा अघि।

पुरु
अमृतसर
7/6/18

को लोद्दर?

रिजाल बाहुनदाई को छोरा
रिमझिमे पानीमा
रिजल्ट लिन जांँदा,
रिमालनि आमोई ले
रित्तो गाग्रो बोकेर
बाटो काटिन ,लोद्दर, भन्दै
रिसाएर घरतिर फर्किये।
कालो बन ढाडे
कुखुरा खोज्न गाँउतिर जाँदा
काफले कान्छोलाई देख्ने साथ
कुलंगरे मान्छे को जात, छिः
लोद्दर,नकच्चरो ,लबस्तरो,डाढे
यात्रा नै बिगार्यो मान्छे ले
बाटो काटेर भन्दै
बनतिर फर्कियो

पुरु
अमृतसर
31/5/18

प्रेम मा बाधा

दुई प्रेमी दोधारमा
ग्रह काट्न धारण गरे दुवैले
अनेकौ रत्न,
सुधरेनन ग्रह र माहौल
लागेन काम गुरुको तुक्का को
फुकाले दुवैले रत्नहरु
बरु पहिलेको ग्रहहरु नै
चंगा थियो,
जोड़ी ढुकुर रुख माथि बसेर
यो मानव प्रेमी को प्रेम संघात हेर्दै
सहज प्रेम वाचन गर्ने आग्रह
प्रभुलाई निरंतर रुखमाथिबाट
अनि
पुनरजन्म को आधार लियेर
अर्को जन्म पनि ढुकुर नै हुन
बिन्ति चडाए
अस्तायएको घामतिर हेर्दै।

पुरु
अमृतसर 25/5/18

Happy Mother's Day

बरफ भन्दा छिटो पग्लिने नै आमा,
हावा भन्दा तेज दौडिने नै आमा,
प्रारम्भ र अन्तिम शब्द नै आमा,
जीवन को सर्व ओखति नै आमा।
ओलन को व्यवस्था गर्ने नै आमा,
बुटी ले रक्षा गराउने नै आमा,
तमाम परिस्थिति अंगालने नै आमा
जीवन को प्रति पल मा मकरध्वज नै आमा।
Happy Mother's Day

पुरु
अमृतसर