सुकेका छन् आँसु मेरा फगत छ जिन्दगी आज
लुकेका छन् आँसु मेरा आघात छ जिन्दगी आज
सुखो परेली भएर पनि झिमकिन्छन आँखा मेरा
रुझेका छन् आँखा मेरा व्याघात छ जिन्दगी आज।
सुकेका छन् आँसु मेरा फगत छ जिन्दगी आज
लुकेका छन् आँसु मेरा आघात छ जिन्दगी आज
सुखो परेली भएर पनि झिमकिन्छन आँखा मेरा
रुझेका छन् आँखा मेरा व्याघात छ जिन्दगी आज।
तिमीले भनौं मैले सुनें प्रेम को अमर गाथा
भन्दा भन्दै सुन्दा सुन्दै रसाए ई दुई आँखा
नजाउँ अब अतीत तर्फ हृदय थर्काई दिन्छ
आफ्ना भन्ने मौन भए लागे लाखा पाखा।
अन्तरे दाहाल
बुढी!
******
तँ त गई हालिस
एक मुठी तातो पानी दिने कोही छैनन्
ठिकै भयो जस्तो पो लाग्न थाल्यो
दुखै लुक्यो तेरो!
छोरो अफ लाइनमा
छोरी अनलाईनमा
बुहारी चुनाव मा व्यस्त
नाति नतिना भिडियो गेममा
म ओच्छानमा!
एक मुठी तातो पानी दिने कोही छैनन् बुढी।
तेरो इच्छा नै थियो
आयुष्मती हुने, सेतो वस्त्र लाउनु नपरोस भन्ने
म रङ्गीन वस्त्र लगाएर पनि सुस्त मन्
कोही छैन बोल्ने र सुन्ने मेरो कुरा
तेरो यादले सारै सताउँछ बुढी!
काकाकुल झैं भएको छु
एक मुठी तातो पानी दिने कोही छैनन् बुढी!
तलाई मैले तारी दिएँ जस्तो लाग्छ
काम क्रिया, श्राद्ध पिण्डदान
सबै गराइदिएँ
वैकुण्ठमा हौली सायद
यता नहेर ल!
हेर्ने कोशिश पनि नगरे है
मेरो लुगा रङ्गी बिरङ्गी भए पनि
सारै मैलो छ मन्
एक मुठी तातो पानी दिने कोही छैनन् बुढी!
चुठुवाको भरमा पिसाब
चारपाउ टेकेर शौच जानु पर्छ
खोकी र खकारको शब्दले
घरमा भूकम्प आउँछ
दर्हो मन् पारेको छु
आँशु झार्दिन म
तिर्खा लागे तँ सम्झिन्छु
मेटिन्छ प्यास निकै
एक मुठी तातो पानी दिने कोही छैनन् बुढी।
दस दान र आतुरी दान पनि
गरी दिए गुरुले
छोरी आएकी थिई
छोरीले तातो पानी खाने
थर्सस ल्याई दिएकी छे
हात खर्च पनि दिएर गई
के गर्नु यो पैसाले
माथि नै जाने प्रार्थना गर्छु!
बाकी प्रभु इच्छा
एक मुठी तातो पानी दिने कोई छैनन् बुढी!
हाम्रो बिहेमा जुवा खेल्दा पनि
तैँले जितेको र
दही खुवाउँदा पनि तैँले नै जितेको याद आउँछ
जीवन युद्धमा पनि तैँले नै बाजी जितिस
दुखै नपाई तँ त गईस
दुःख कस्लाई सुनाउँ
मलाई चिल्लो लाउने बोटुको
कुच्चिएर नानीहरूले धूलो माटोमा
भात भात खेल्छन,हेरि रहन्छु म
एक मुठी तातो पानी दिने कोही छैनन् बुढी!
पुरुषोत्तम उपाध्याय दाहाल
बेलतला, गुवाहाटी
२९/९/२१
अन्तरे दाहाल रम्बास कविता
खन्तरे
*****
त्यो
झोला
ललाट
मा चन्दन
को स्पष्ट रेखा
लौरो अनि, सफा
कुर्ता धोती पात्रो त्यो,
धामी र पण्डित पनि
शास्त्र ज्ञान र अनि अर्ती
सबैको प्रेमी,स्पष्ट बोलीले
सल्लाह र सुझाव पक्का
हजुरहरू सक्नुहुन्छ?
शब्दकोश नभै प्रभु!
हाम्रा खन्तरे बा
कति नम्बर
छोरा हुन्
जन्तरे
बाजे
का ?
9/9/21
पुरुषोत्तम उपाध्याय
दाहाल
बाबु
***
ती
हाम्रो
पिताश्री
कहिले नै
न थाक्ने कठै!
आकाश भएर
ढाक्ने सम्पूर्ण ऊनी
पूर्ण सुरक्षा कवच
सम्पूर्णमा बाबु टतस्थ
मानौं धरती रत्न नै हाम्रो
कस्ले बुझ्ने, भन्नु कहाँ लौ!
नेपथ्य मा रहेर खै
कति गरे कति त्यो!
बुबा! स्मरण ल!
श्रद्धाञ्जली र
तर्पण है
नमन्
पनि
ल !
"कुशे औंसी"
बेलतला ,गुवाहाटी
7/9/21
(अाज कुशेअौंशीको उपलक्षमा ,
जीवीत पितामा नमन , स्वर्गीय पितृ पितामह हरूमा श्रद्धा सुमन अर्पँण )