काग कुकुर र मान्छे

प्रातः भ्रमणमा आज,
अचानक एउटा काग
बिद्युतपृष्टभै भुँईमा झर्यो।

छटपटाएको काग देखेर
कुक्कुरहरु खान दौड़िए
मैले रोकें निकैबेर कुकुरहरूलाई।

कागहरूले कुरा नबुझेर मलाई घेरे,
एउटा काग मेरो टाउकोमा बस्यो,
मैले कुकुरहरु खेदी रहेँ।
कसैले भने काग बाँछदैन,
दिनुहोस खान लकडाउनको भोको कुकुरहरूलाई,
मैले मानिन, कुकुखरू नजिक आएर भुक्न थाले।
मेरो लुगा पनि टोक्यो एउटा कुकुरले।
एक्छिन पछि काग तंग्रीयो र फुर्र उड़ेर गयो।

कुक्कुरहरूले रिसाएर मलाई दागा धरे,
सायद हेर्छु तँलाई भन्दै गए,
मानिशहरु पनि लाखा पाखा लागे,
अरु काग़हरू पनि बिरामी काग संगै उडेर गए,
कागहरूले मेरो कर्म नै बुझेनन।
मलाईभनि काग तिहार,कुकुर तिहार र
भातृद्वितीयाको याद आयो।
काग कुकुर र मान्छे, एउटा बिचित्र साइनो।

(आजको यो सत्य घटना ले सृजना भएको कथा- कविता)

पुरु
गुवाहाटी
25/7/20

कतावाट आवोस कविता ?

घरवाट निस्कदा मुखमा बाक्लो मास्क
सासै फेर्न हम्मे हम्मे हुने,
पसल वाट आएर लुगा बाहिर
मानौ सक्त हो गृहप्रवेश,
छाला गईसके सेनिटाइजर लगाएर,
आनि कतावाट आवोस कविता?

कोरोनाको हाहाकार, जगजगी,
कोहि साथी कोबिद को चपेटा मा
र पनि राजसेवा गर्नु नै पर्ने,
खिन्न हुन्छ मन र भित्री मान्छे,
त्राहि त्राहि छ जनता र मुलुक,
आनि कतावाट आवोस मुत्तक?

जन्मथलो नगएको दुई वर्ष भो,
हिजो गोठालाले खबर गरे,
गोठ मा कम्बर कम्बर पानी,
खाटमाथि भान्सा, पानी मा गाई- बाछा,
चरन डुबेर साथै हैजा ले बाछा सखाप
आनि कतावाट आवोस हाईकु?

बाढी हेर्न आएको मंत्री र उन्को जमात,
साथी रत्ने को घरमा चिया-चमेना अनि खाना।
अंतर्नाद जनता को भीड़ र आशा,
आज सुने,मंत्रीजी लाई कोरोना भो रे,
सबै जनता क्वारेनटाईन मा र स्वाब टेस्ट रे,
आनि कतावाट आवोस गजल?

दुई पटक श्रीमती साथ अयोध्या गएँ
भगवान श्रीराम को जन्मभूमि को दर्सन
आस्था ले नै तृप्त छौ म र श्रीमती,
अचानक सुने,श्रीराम को जन्म अन्त कतै पो रे?
दुःखित छ मन,आस्था मा गहीरो चोट,
आनि कतावाट आवोस छन्द कविता ?

पुरु
गुवाहाटी
18/7/2020

साँप र भ्यागुतो

म स्यानो हुँदाको एउटा दृश्य,
झल्कि रहेको छ आँखामा,
खेत को त्यो पल्लो गरा मा,
सानो सर्प र ठुलो भ्यागुता।

सर्प ले समात्यों पुच्छर तिर,
भ्यागुतो ले तान्यो सर्पलाई,
उ ठुलो दरिलो तर सर्प स्यानो,
खेल चलि रहेथ्यो तानातान को ।

अचम्म को अर्को दृश्य ,
अहिले पनि स्पस्ट छ मेरो नजर मा,
भ्यागुतो ले पनि खान छोडेन ,
अगाडि आयेको किरा-फटेंग्रा,।

जीवन जुद्ध को यो खेल मा,
बिजयी भयो उ,सकेन सर्पले, फुत्क्यो भ्यागुता,
हामी त मानव जीवश्रेठ , मन नमार्ने अब,
करोना को त्रास मा पनि भ्यागुतो झैँ।

पुरुषोत्तम दहाल
बेलतला , गुवाहाटी
12/4/2020

तमाम कुरुक्षेत्र भो।

कथा त सामान्य नै हो,
केटी कम पढेकी
केटो निकै विद्वान रे,
प्रेम प्रसंग चलेछ,
थाहा लाग्यो केटो को घरमा
हाहाकार भो आफन्तै मा,
गाउँमा तमाम कुरुक्षेत्र भो।

बीरे ले चुनाउ जितेपछि,
"मलाई भोटै दिनस तँईले हर्के", भन्नेसाथ,
जानना तमाम भेला भए,
हाथापाई मत्रै कहाँ हो र
तमाम कुरुक्षेत्र भो।

प्रेमी भएर मानसिंग ले,
उसको तथाकथित प्रेमिकालाई,
एकादशी को कीर्तन मा,
"आई लभ ईउ"भन्यो भनेर
हल्ला फिँजिए पछि,
तमाम कुरुक्षेत्र भो।

तल्लो घरको बाख्रा ले,
वोल्लो घर को बाली खाँदा,
तथानाम फलाकिन वोल्लोघरे आमै ले,
बोक्सी भनिन तल्लो घरे आमैलाई,
लाठो -मुंग्रो मत्तै कहाँ,
तमाम कुरुक्षेत्र भो।

पुरुषोत्तम
कुरुक्षेत्र
हरियाणा
3-5-2019



हामी तीर्थ जाने । कसलाई के के??

छोरी भन्छे लुगा ल्याईदिनु,
छोरो भन्छ फर्के पछि बाइक,
सालीलाई त पैजाब र् दामी पोते रे ,
दाजु भन्छ रुद्राक्ष को अरिजिनल माला,
भाउजुलाई रातो चंदन को गिँडो,
भाईलाई पंजाबी कुर्ता XL साइज को,
बुहारिलाई कपाल नझरने दामी तेल।

छिमेकि काँइली अमोई लाई त
डब्बा डब्बा भरि गोपी चन्दन रे ,
फेटालनी अमोइलाई राधे राधे लेखेको
विन्द्रावन को राम्रो च्यादर तर पँहेलो,
कर्कीनि आमैलाई त सोस्थानी को पुस्तक,
मेरो गोठलो माईला लाई त
"प्रेम लहरी" र "गुलवकावली" को कथाको
बाक्लो र जिलबन्ध ठुलो किताब।

मेरो जिग्रि दोस्त लाई त
फर्केपछि दामि मालको पार्टी रे !
सायद तीर्थेभोज भनेको होला ?
बाहुनी अमोइ लाई त पंचपात्रो र
चाँदी को आचमनी संगै तामा को अर्घोऊतो,
पुरहैत बा लाई चक्रान्खित शालीग्राम पो रे,
सानिमालाई तामा को जलधारी र कलश,
दिदी भिनाजुलाई चांदी को शिबलिंग,
हामी तीर्थ जाने कुरा सुनेर सबैले आएर
राधे राधे साथै सफल यात्रा को कामना गरे।

बृद्ध बुबा ले "गंगाजल ल्यायेस"
आमा ले "सन्चो सुविस्तै आयेस"भनेर
मनको वह अश्रुधारा ले बिसाए।
थरि थरि मानिसको नानाथरि ईच्छा,
दुईदिने जिंदगी यो यसैगरि बित्छ।

पुरु
अमृतसर
3/1/2019